स्त्रीले सुधार्नु पर्ने पाँच स्वभाव त्यसपछि बन्नेछ घर स्वर्ग

मानिसहरुको स्वभावले एक अर्काको जीवन नर्क बनाउँछ । राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जिबन एकदम राम्रो हुन्छ । अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जिबन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जिबन नर्क समान हुन्छ ।

हामीले महिलाहरुमा पाइने ५ नराम्रा स्वभावबारे जानकारी गराउँदैछौँ, त्येसो त पुरुषहरु चाही सबै राम्रा हुन्छन भन्ने होइनन् । पुरुषका कारण पनि सम्बन्धमा धेरै समस्या आउन सक्छन् स्त्रीहरुको ५ स्वभावको बारेःनमिठो वचन बोल्ने– वचनको वाण निकै घातक हुने गर्दछ । चर्को र कर्कस स्वरले सम्बन्धमा दरार पैदा गर्न भूमिका खेलिरहेको हुन्छ ।

जीवनका हरेक पलहरु निकै आघातपूर्ण हुने गर्दछन् । तर यसको ठीक विपरित, मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पुरुषको जीवन अमृतमय बन्छ ।

कचकचे र रुञ्चे– सामान्य कुरामा पनि किचकिच गर्ने र रुञ्चे स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् । दिनहुँको गनगन कचकच र गुनासोले पुरुषको मनोबल गिर्दै जान्छ । यस प्रकारको स्वभाव भएका महिलाले पुरुषलाई हौसला दिनुको साटो उसको जीवनलाई निराश र कुण्ठाग्रस्त बनाउँछन् ।हस्तक्षेपकारी स्वभाव– कुनै-कुनै महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न मन पराउँछन् ।

यसरी हस्तक्षेप गर्दा आफूले जितेको महसुस गर्दछन् । तर यस्तो कार्यले पुरुषको जीवनको स्वतन्त्रता तथा निजत्व समाप्त हुन्छ भन्ने उनीहरुलाई अलिकति पनि ख्याल हुदैन । अनि स्वतन्त्रताविनाको जीवन निरास हुने नै भयो ।

पतिलाई आफ्नो मात्रै ठान्ने– पति आफ्नो मात्रै हो वा उसको अरुसँग कुनै सम्बन्ध छैन भन्ने महिलाले हरेक पुरुषको जीवनलाई संकटमा पारिरहेका हुन्छन् । यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन ध्वस्त पारिदिन्छन् । फलस्वरुपः हरेक पुरुष आफ्ना बाबु आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट टाढा हुन बाध्य हुन्छन‍् ।मनि माइन्डेड अर्थात पैसालाई मात्र महत्व दिने– आफ्नो श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन् । दाम्पत्य जीवनमा पैसाले प्रेम, समर्पण र बफादारिताको ठाँउ लिएपछि आत्मीयता भन्ने कुरा हराउछ। पैसाप्रति मात्रै आशक्ति राख्ने आफ्नो पतिको मात्रै होइन आफ्नै जीवन पनि निकै निरस बनाउँछन् ।

यसैगरी हरेक धर्मको आफ्नो फरक इतिहास हुन्छ र प्रत्येक धर्ममा भएको कुराले उसलाई अन्य धर्मभन्दा भिन्न गराउँछ । हिन्दू धर्म संसारको प्राचीनतम धर्ममध्येको एक हो । यो पुरानो धर्मसम्बन्धी केही रोचक तथ्य हामी यहाँ प्रस्तुत गर्दैछौं संसारको जनसंख्यामा हिन्दूहरूको संख्या १३.८ प्रतिशत छ ।
हिन्दू धर्मको परम्परालाई अघि बढाउन तथा यसको प्रचारप्रसारका लागि धेरै ऋषिमुनिहरूको योगदान छ । यही दिनदेखि ठ्याक्कै यो धर्म शुरु भयो भन्न सकिँदैन ।संसारमा सबभन्दा धेरै अनुयायी भएको धर्म क्रिस्चियानिटी हो भने इस्लाम दोस्रो नम्बरमा आउँछ । त्यसपछिको ठूलो धर्म हिन्दू नै हो ।
हिन्दू धर्ममा ३३ करोड देवीदेवताको आराधना गर्ने परम्परा छ ।

हिन्दू धर्मको महत्त्वपूर्ण ग्रन्थ महाभारत संसारकै सबभन्दा लामो काव्य हो । यसमा एक लाख असी हजार शब्द छन् ।हिन्दू धर्ममा १०८ अंकको उच्च स्थान छ । यसलाई पवित्र मानिन्छ । एक सय आठवटा दाना भएको मालाबाट जप गर्दा फल पाइने विश्वास छ ।हिन्दू धर्मको ग्रन्थ ऋग्वेद संसारकै सबभन्दा प्राचीन ग्रन्थ हो ।हिन्दू धर्म मात्र शायद यस्तो धर्म हो जसमा देवी र देवतालाई समान रूपमा आस्था र सम्मानपूर्वक पूजा गरिन्छ ।

भारत र नेपालमा भएका केही मन्दिर हजार वर्षभन्दा पनि पुराना छन् ।संसारभरि लोकप्रिय रहेको योग, प्राणायाम, अंकज्योतिष, हस्तकला र वास्तु संसारभरि प्रसिद्ध छ र यिनीहरू हिन्दूधर्मकै उपज हुन् ।हिन्दू धर्ममा मात्र नास्तिकतालाई पनि स्वीकार गरिएको छ । चार्वाक दर्शन प्राचीन दर्शन हो । अन्य प्रमुख धर्ममा नास्तिकलाई मृत्यदण्डको विधान थियो/छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *