घर बनाउदा यी कुरालाई ध्यान दिए हुने छ सधै लक्ष्मीको बास l

    जीवनभरको कमाइ खर्चगरेर निर्माण गरिने घरमा यदि सानो विषयमा सावधानी अपनाउने हो भने सकारात्मक उर्जामा वृद्धि हुन्छ र उक्त भवनमा बसोवास गर्ने मानिस हरुको आर्थिक, सामाजिक तथा पारिवारिक हिसाबले उन्नति तर्फ अगाडि बढाउदछ ।

    घर निर्माण गर्दा जग्गाको बनावट,घरको मोहडाका साथै घरभित्र लगाईने कलर लगाएका विषयमा सावधानी अपनाउनु पर्ने नियम वास्तुशास्त्रमा उल्लेख गरिएको छ।

    घर निर्माणका क्रममा यी चार विषयमा सावधानी अपनाउन सकेमा वास्तुअनुसार नै गृह निर्माण पुराहुने वास्तुशास्त्री बताउँछन्।

    -गृह निर्माणका क्रममा यदि दक्षिण पश्चिमी दिशा अर्थात नैरित्य कोणमा पर्ने गरि मेन ढोका बनाउनु हुदैन । उक्त दिशामा मेनढोका बनेको घरमा सकारात्मक उर्जा भन्दा नकारात्मक उर्जाधेरै हुनेहुदा सदैब उक्त घरमा पारिवारिक समस्या देखा परिरहन्छ ।

    उक्त दिशा राहुको दिशा भएकाले मुद्दा मामिलामा परिने सम्भावना पनि रहिरहन्छ । वस्तुको नियम अनुसार नैरित्यको प्रवेश द्वार भनेको सात्क्षात कालको प्रवेशद्वार हो भनेर उल्लेख गरिएको छ ।

    – गृह निर्माणका क्रममा यदि उत्तर पूर्व अर्थात् ईशान कोणमा यदि ट्वाईलेट बनाएमा पनि वास्तुअनुसार एकदमै हानिकारक हुन्छ । यस्तो दिशामा बनाईएको ट्वाईलेटका कारणले सदैब आर्थिक अभाव गराउदै जाने छ । लोनको भार धेरै थपिनाले मानसिक तनाव पनि हुन्छ ।

    किन कि उक्त दिशा धनका राजा कुवेर भएकाले उनकै दिशामा पर्ने गरिबनाईएको ट्वाईलेट सदैब धन तथा स्वस्थ्यमा समस्या दायक हुने शास्त्रमा उल्लेख गरिएको छ।

    -गृह निर्माणका क्रममा यदि दक्षिण पश्चिम अर्थात् नैरित्य कोणमा पानिको बोरिङ या ईनार अथबा रिजर्भ पानी ट्याङ्की या सेप्टिट्याङ्की बनाएको अवस्थामा अहिलेसम्मको अनुसन्धानका क्रममा घर धनिको गृह निर्माण कै क्रममा अकस्मात् स्वस्थ्यमा समस्या आउने र अचानक मृत्युको सम्भावना हुने गरेको अनुसन्धानका क्रममा देखिएको छ ।

    आर्थिक भारपनि उच्च बिन्दुमा पुग्ने वास्तु शास्त्री हरुले जानकारी गराएका छन् । त्येसैले भुलेर उक्त दिशामा यी कार्यहरु गर्नु हुदैन

    – ग्रह निर्माणका क्रममा यदि पुर्वो उत्तर अर्थात् ईशान कोणमा सेप्टि ट्याङ्की बनाईयो भने यकिन मान्नुहोस उक्त घरमा पेटको रोग तथा क्यान्सर लागेरै मानिसको मृत्युु हुने गरेको छ । कुबेरको निवास भूमिभएकाले पनि आर्थिक हिसाबले पनि अतिनै कमजोर बनाउने वास्तु शास्त्रमा उल्लेख गरिएको छ ।

    यी सामान्यभन्दा सामान्य विषयमा ध्यान दिएर गृह निर्माण गरेमा उक्त भवनमा बस्ने मानिस हरुलाई संसारका सबै खाले सुख भोगगर्न पाउने छन् भनेर शास्त्रमा उल्लेख गरिएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *