कसरी सर्छ हेपाटाइटिस ‘बी’ ? कसरी जोगिने ?

    कलेजो सुन्निने समस्या हेपाटाइटिस हो ।

    यो स्थिति बढेर फाइब्रोसिस, सिरोसिस वा कलेजोको क्यान्सरमा समेत परिणत हुन सक्छ । सुरुको अवस्थामा सुन्निने भए पनि संक्रमण बढ्दै जाँदा कलेजोको मांसपेशी नष्ट हुने भएकाले लिभर फाइब्रोसिस वा फ्याटी लिभर हुन सक्छ । यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा वीरगञ्ज नेसनल मेडिकल कलेजका डा. असरफ हुसेनले लेखेका छन् ।

    भाइरस हेपाटाइटिसको संक्रमण हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारको हुने गर्छ । सबै संक्रमणको लक्षण, कारण र उपचार फरक–फरक हुने गर्छ । अन्यको तुलनामा हेपाइटाइटिस बी बढी भयानक हुने गर्छ । हेपाटाइटिस बीलाई सेरम हेपाटाइटिस पनि भनिन्छ । यो रोग रगत, थुक, पिसाब, वीर्यलगायतबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ ।

    यसरी सर्छ हेपाटाइटिस बी
    हेपाटाइटिस बी संक्रमित व्यक्तिको रगत, वीर्य र योनीबाट निस्कने तरल पदार्थमार्फत अन्यमा सर्छ । त्यस्तै, संक्रमित आमाबाट जन्मिने शिशुमा समेत हेपाटाइटिस बी हुन सक्छ । बच्चामा ¥यालको माध्यमबाट पनि हेपाटाइटिस सर्न सक्ने सम्भावना रहन्छ । लागुपदार्थ सेवनकर्तामा सिरिन्जको प्रयोग गर्दा समेत यो रोग फैलिन्छ । यस्तै, निर्मलीकरण नगरिएका कुनै पनि सामग्रीको प्रयोगबाट रोग फैलिने सम्भावना रहन्छ ।

    रोकथाम र उपचार
    हेपाटाइटिस बी भाइरस कोषको डिएनएमा गएर बस्ने भएकाले पूर्ण रूपमा निको पार्न सकिँदैन । रोगलाई नियन्त्रणमा राख्न लामो समयसम्म औषधिको सेवन गरिराख्नुपर्ने हुन्छ । बिस्तारै हेपाटाइटिस बीले कलेजोमा सिरोसिस, कलेजोको क्यान्सर गराउँछ । हेपाटाइटिस बीबाट बच्न हेपाटाइटिस बीविरुद्धको खोप लगाउनुपर्छ । यस्तै, स्वस्थ जीवनशैली अपनाउन सकेमा हेपाटाइटिसबाट बच्न सकिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *