स्याउको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर स्याउबाट बनेको जुसको सेवनले स्वास्थ्यलाई पनि धेरै फाइदा पुर्याउने विभिन्न अध्ययनहरुले देखाएका छन् । स्याउको जुसमा भिटामिन ए, भिटामिन सी, एन्टिअक्सिडेन्ट र मिनरल्सको गुण पाइन्छ, जसले शरीरमा पोषक तत्त्वको कमीलाई पूरा गर्न मद्दत गर्छ। स्याउको जुसले दमको आक्रमणबाट बच्न मद्दत गर्छ ।
साथै, यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ। स्याउको जुस सेवन गर्नु मुटुलाई स्वस्थ राख्न निकै फाइदाजनक मानिन्छ । किनभने स्याउको जुसमा एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।दमको आक्रमणबाट बच्न पनि स्याउको जुस सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । किनभने स्याउको जुसमा फ्लेभोनोइड्स पाइन्छ, जसले दमको आक्रमणबाट बच्न मद्दत गर्छ।
यसका साथै यसको सेवनले फोक्सो बलियो हुन्छ र सास फेर्न समस्या हुँदैन ।स्याउको जुस सेवनले गर्नु हड्डीलाई मजबुत बनाउँछ। स्याउको जुसमा भिटामिन सी, क्याल्सियम र आइरन पाइन्छ, जसले हड्डी बलियो बनाउन मद्दत गर्छ। त्यस्तै आँखाको ज्योति बढाउन स्याउको जुस सेवन गर्नु निकै फाइदाजनक हुन्छ । स्याउको जुसमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, जसले आँखाको ज्योति बढाउन मद्दत गर्छ ।
यो पनि,दिमागलाई स्वस्थ राख्न खानुहोस् यी ५ ड्राई फ्रुट, दिमाग तेजिलो हुन्छ, स्वस्थ हुनु भनेको शारीरिक रूपमा मात्र स्वस्थ रहनु होइन, मानसिक स्वास्थ्य बलियो हुनु पनि अति आवश्यक हुन्छ । तर अहिलेको समयमा हामीमध्ये अधिकांशले चिन्ता, तनाव, डिप्रेसन, स्मरणशक्ति घट्ने जस्ता समस्याहरूको सामना गरिरहेका छौं । यसको एउटा प्रमुख कारण भनेको तपाईंको खानपान राम्रो नहुनु हो । त्यसैले मानसिक स्वास्थ्य सुधार गर्नका लागि आहारमा केही स्वस्थकर खानेकुराहरू समावेश गर्नुपर्छ ।
के तपाईंलाई थाहा छ ? केही ड्राई फ्रुटको सेवन मस्तिष्कका लागि निकै फाइदाजनक साबित हुन सक्छ । ड्राई फ्रुटको सेवनले दिमागलाई तीखो मात्र बनाउँदैन, मानसिक स्वास्थ्य र स्मरणशक्ति बढाउन पनि मद्दत गर्छ । कुन ड्राई फ्रुट्स मस्तिष्कका लागि फाइदाजनक हुन्छ भन्ने जान्नको लागि एक भारतीय सञ्चार माध्यमले क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलसँग कुरा गरेको छ ।
१. सुकेको खुर्पानी: सुकेको खुर्पानीमा प्रशस्त मात्रामा पोषक तत्व हुन्छ । यसमा डाइट्री फाइबर, पोटासियम, आइरन, नियासिन, आइरन र भिटामिन ई जस्ता आवश्यक पोषक तत्वहरूमा प्रशस्त पाइन्छन् । यो मानसिक स्वास्थ्य सुधार गर्न धेरै उपयोगी छ ।
२. बदाम (एल्मण्ड): हामी सबैले बाल्यकालदेखि सुन्दै आएका छौँ कि बदाम खाँदा दिमाग तेजिलो हुन्छ । बदाममा रिबोफ्लेभिन र एल(कार्निटाइन हुन्छ, जसले कग्निटिभ डिक्लाइनको जोखिम कम गर्छ । भिजाएको बदाम दैनिक ५(६ वटा खानु मस्तिष्कका लागि निकै फाइदाजनक हुन्छ ।
३. ओखर: ओखरलाई मस्तिष्कको खाना भनिन्छ । ओखर खानु मानसिक स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । ओखरमा फाइबर, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, आइरनजस्ता आवश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छन् । साथै, ओखर फस्फोरस, कपर, ओमेगा ३ फ्याटी एसिडको उत्कृष्ट स्रोत हो । ओखर दिनदिनै खानुपर्छ ।
४. छोगडा: छोगडामा क्याल्सियम, सोडियम, फस्फोरस, म्याग्नेसियम, पोटासियम र जिंक, आइरनका साथै थायामिन, रिबोफ्लेभिन, नियासिन, फोलेट, भिटामिन ए, बी६ र भिटामिन के जस्ता आवश्यक भिटामिन र खनिजहरू प्रशस्त मात्रामा पाइन्छ । दैनिक छोगडाको सेवनले मानसिक स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ । ५. अन्जिर: अन्जिर खाँदा दिमाग तेज हुन्छ । त्यसैले बच्चाहरूलाई अंजिर खुवाउन सल्लाह दिइन्छ, ताकि तिनीहरूको मस्तिष्कको विकास राम्रो होस् । साथै, यसले स्मरणशक्ति बढाउन पनि मद्दत गर्छ ।