कुकुरले टोक्नसाथ के गर्ने ? यस्तो पाँच तरिका

    सर्तकता अपनाउँदा-अपनाउँदै पनि कुकुरले टोक्न सक्छ । कुकुरले टोक्यो भने के गर्ने ? तत्काल हामी केहि सोच्न सक्दैनौ । कुकुरको टोकाइबाट रेबीजको संक्रमण हुन सक्छ । यसले ठूलो समस्या समेत निम्त्याउन सक्छ । कतिको मृत्यु समेत हुन सक्छ ।

    के हो रेबिज

    रेबिज एक भाइरस हो, जो कुकुर, बिरालो, भालु जस्ता जनवारमा पाइन्छ । यदि यो भाइरस भएको जनवारले कुनै व्यक्तिलाई टोक्यो भने जनवारको र्‍यालबाट उक्त भाइरस शरीरमा प्रवेश गर्छ । यो भाइरसले एकदमै तिब्र रुपमा सेन्ट्रल नर्भस सिस्टममा आक्रमण गर्छ । र, यो मृत्युको कारण समेत बन्न सक्छ ।

    त्यसैले कुकुरले टोक्नसाथ तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ र एन्टि रेबिज इन्जेक्सन लगाउनुपर्छ । कुकुरले टोक्नसाथ के गर्ने त ?

    १. पानीले सफा गर्ने

    जुन ठाँउमा कुकुरले टोकेको छ, त्यसमा सफा पानीले धुनुपर्छ । यसले गर्दा घाउमा ब्याक्टेरिया लाग्ने खतरा कम हुन्छ ।

    २. घाउलाई दबाउन हुन्न

    यदि घाउबाट रगत बाहिर आउँदैछ भने त्यसलाई दबाउनु हुन्न । केहि समयसम्म रगत बग्न दिनुपर्छ ।

    ३. एन्टिबायोटिक क्रिम लगाउने

    टोकेको ठाउँमा पानीले सफा गरेपछि एन्टिबायोटिक क्रिम लगाउनु पर्छ । यसले इन्फेक्सन पुरै शरीरमा फैलाउन पाउँदैन ।

    ४. ब्यान्डिज लगाउने

    घाउमा ब्यान्डिज लगाउने । यसले वातावरणमा रसहेको ब्याक्टेरिया घाउसम्म पुग्न पाउँदैन ।

    ५. एन्टि रेबिज इन्जेक्सन लगाउने

    यसको प्राथमिक उपचारपछि तुरुन्तै चिकित्सकको सल्लाह अनुसार एन्टी रेबिज इन्जेक्सन लगाउने ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *