तपाईंलाई थाहा छ ? यी चार कुरा भूइँमा राखे हुन्छ अनिष्ट

वास्तुशास्त्र प्राचीन विश्वको शास्त्र मध्ये एक हो । जसमा दिशा अनुकुल घर, अफिस वा कुनै पनि निर्माणका विषयमा विस्तृत जानकारी दिइएको हुन्छ । वास्तु शास्त्रको सिद्धान्त व्यक्तिको जीवनमा सन्तुलन बनाइराख्न मद्दत गर्दछ ।

साथै नकारात्मक ऊर्जा नष्ट गरेर घरमा सकारात्मक ऊर्जाको सञ्चार गर्दछ । यस अलावा दैनिक जीवनमा प्रयोग हुने सामग्रीलाई कसरी राख्ने त्यसबारे पनि उल्लेख गरीएको छ । जस अनुसार भुईंमा राख्न नहुने केही सामग्री छन् ।

१. शिवलिंग र शालिग्राम
यदि घरको मन्दिरमा शिवलिंग र शालिग्राम छ भने यसलाई भुईं (जमीन) मा राख्नु हुदैँन । मन्दिर सफा गर्दा धेरैले यस प्रकारको गल्ती गर्दछन् । शिवलिंग र शालिग्रामलाई भुईंमा राखेमा जीवनमा संकट आउने धार्मीक मान्यता छ ।

२. फूलको माला, शंख र तुलसी
पूजापाठका साथै अन्य शुभ कार्यमा प्रयोग हुने फूलको माला, शंख, दियो, तुलसीको पत्ता, कपूर आदि पनि भुईंमा राख्नु हुदैँन । यी सामग्री भुईंमा राख्दा अशुभ हुने वास्तुको मान्यता छ ।

३. कौडा र सीपी
माता लक्ष्मीको पूजामा प्रयोग हुने कौडा र सीपी कुबेरको प्रतिनिधि मानिन्छ । मान्यता अनुसार यसलाई भुईंमा राख्दा धन सम्बन्धी समस्या हुन सक्छ ।

४. रत्न र आभूषण
वास्तु शास्त्र अनुसार सुन, चाँदी, हीरा, मोती, पन्ना लगायतका बहुमूल्य धातु, रत्न र आभूषण पनि भूईंमा राख्नु हुदैँन । यसो गर्नु ती रत्न र आभूषणको अपमान मानिन्छ भने घरमा धन नटिक्ने मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *