शनिबार अवश्य गर्नुहोस् यस्ता कार्य, शनि देवको हुनेछ कृपा दृष्टि: हुनेछ अत्यन्तै शुभ

    हरेक दिन-बार कुनै न कुनै भगवानसँग सम्बन्धित छ । यस दिन शनिदेवसँगै हनुमान र भगवान शिवको पनि पूजा गर्ने प्रचलन रहेको छ। शनिदेवलाई भगवान शिवको परम शिष्य मानिन्छ। शनिबारको दिन शिव चालिसा पढ्दा शनिदेव प्रसन्न हुने मान्यता रहेको छ । ज्योतिष शास्त्रका अनुसार ग्रहहरूको अधिपति शनिदेवले गरेका मानिसलाई उसको कर्म अनुसार फल प्रदान गर्दछन् । शनिदेवलाई प्रसन्न पार्न शनिबारको दिन केही विशेष उपाय अपनाउनु सकिन्छ । जान्नुहोस् के-के हुन् ?

    शनिबार बिना काटिएई ११ वटा पीपलको पातको माला बनाउनुहोस्। शनि मन्दिरमा गएर शनिदेवलाई यो माला चढाउनुहोस्। माला अर्पण गर्दा ‘ॐ श्री ह्रीं शाम शनिश्चराय नमः’ मन्त्रको जप गर्नुपर्छ। यस उपाय गर्नाले जीवनमा आउने बाधाबाट मुक्ति मिल्ने जनविश्वास छ ।

    शनिबार पीपलको रूखलाई सात पटक परिक्रमा गर्दा काँचो कपासको धागो बनाएर सात पटक बेर्नुहोस्। यसो गर्दा जीवनमा उन्नति हुने जनविश्वास छ । दाम्पत्य जीवन सुखी बनाउन शनिबार पिपलको रुखमा कालो तिल चढाउनुपर्छ । यसपछि पिपलको जरामा पानी चढाउनुपर्छ ।

    शनिबारको दिन ‘शाम शनिश्चराय नमः’ मन्त्रको जप गर्दा एउटा कालो कोइला लिएर बग्ने पानीमा फालिदिनुहोस्। यसो गर्नाले सफलता मिल्छ र आम्दानीमा वृद्धि हुने जनविश्वास छ ।

    शनिबारको दिन एउटा कालसममा पानी लिनुहोस् र त्यसमा चिनी हाल्नुहोस्। यो जल पिपलको रुखको जलमा चढाउनुहोस्। यसका साथमा ‘ॐ ह्रीं श्री शनिश्चराय नमः’ मन्त्रको जप गर्नुहोस्। यसो गर्नाले जीवनमा सुख र समृद्धि आउने विश्वास गरिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *