मिटर ब्याजीको बन्यो दरबार, पीडितको बिग्रियो घरबार

काठमाडौँ । सिरहा लहानका श्याम विश्वकर्माले स्थानीय रामबाबु महतोसँग २०७१ सालमा पाँच लाख रुपैयाँ मासिक तीन प्रतिशत ब्याज (मिटर ब्याज)दरमा ऋण लिएका थिए ।

विश्वकर्माले २०७४ सालसम्म २६ लाख रुपैयाँ बुझाइसकेका छन् । तैपनि रामबाबुले अदालतमा कागज लगाएर विश्वकर्माको जग्गा जमिन लिलाम गराई दिएका छन् । अझैसम्म थप रकम माग गरिरहेका छन् ।

सिरहा औरही गाउँपालिका इटाटारका रामबाबु पासवानले सिरहा नगरपालिका सन्हैठाका रामअवतार यादवसँग केही वर्षअघि दुई लाख रुपैयाँ मिटर ब्याजमा ऋण लिएका थिए । हालसम्म १८ लाख रुपैयाँ तिरिसकेका छन् ।

तर यादवले तमसुक कागज फिर्ता नदिएर अदालतमा मुद्दा चलाई दिए । अदालतले घर घडेरी लिलाम गर्‍यो । उनी भाडाको घरमा बस्न बाध्य रामबाबु अहिले घरबारविहीन भएका छन् ।

पैसा नतिरेमा १३ वर्षको छोरीलाई अपहरण गरेर बलात्कार गर्न लगाई दिने धम्की दिएपछि ममताले छोरीलाई स्कुलबाट पनि निकालिसकेकी छिन् । उनले पाँच महिना यता छोरीलाई स्कुल पठाउन सकेकी छैनन् ।

सप्तरीकी ललिता साह कोरोनाको समयमा स्थानीय मनोजसँग एक लाख रुपैयाँ मिटर ब्याजमा ऋण लिएकी थिइन् । पाँच महिनाभित्र नौ लाख रुपैयाँ दिइसकेकी छिन् । तर मनोजले थप रुपैयाँ माग गरिरहेका छन् ।

घरमै गएर ललितासँग चार–पाँचवटा अन्य कागज पनि उनले बनाएका छन् । ललिताका श्रीमान् २० वर्षदेखि विदेशमा छन् । यत्रो पैसा के गरिस् भनेर श्रीमान्ले हकारे । अहिले दुवैको सम्बन्ध विच्छेदझैँ भएको छ । श्रीमान् अझै विदेशमै छन् तर ललितालाई पैसा पठाउँदैनन् । तर मनोजले जसरी पनि पैसा चाहिन्छ भनेर दिनहुँ धम्की दिइरहेका छन् ।

The post मिटर ब्याजीको बन्यो दरबार, पीडितको बिग्रियो घरबार appeared first on Epress.

Leave a Reply

Your email address will not be published. Required fields are marked *