वैशाख ०९ देखि १५ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )यो साता धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउन सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )यो हप्ता भाग्यले विभिन्न अवसर जुराउनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । शुभ समाचार सुन्न पाइने र शुभ कार्यको चर्चा चल्नेछ । सामाजिक उपकारको काममा सहभागी भइएला । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )यो सातामा मिश्रित फल मिल्नेछ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ, तर बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग पनि रहेको छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । मध्य सातामा प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )यो हप्ता समाजसेवामा मन लाग्नेछ । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )यो साता शुभकार्यको चर्चा चल्नेछ । अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ । धर्म, विश्वास, आस्था र सद्भाव पनि बढ्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )यो साता गरेका काममा ढिलासुस्ती हुनेछ । सानातिना समस्यामा अल्झिनु पर्ने देखिन्छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्न सक्छ । साताको अन्त्यबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । रोकिएका अधुरा र पुराना काम बन्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )यो साता सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । नयाँ कमको योजना बन्ने देखिन्छ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ । महिला मित्रबाट राम्रो आश्वासन मिल्नेछ । साताको अन्त्यमा नाक तथा घाँटीमा समस्या आउन सक्छ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )यो हप्तामा लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ । शेयर बजारबाट पनि राम्रो सफलता मिल्नेछ, तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )यो साता छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ । नोकरी गर्नेले मान सम्मान पाउने छन् । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )यो साता मध्यम छ, व्यक्तिगत स्वास्थ्य र यात्रा प्रति सतर्क रहनु पर्नेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला साथै नियमित खर्चसमेत बढ्ने योग छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )यो साता नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कूटनीतिक नियोग र वैदेशिक कार्यबाट प्रशंसा मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *