बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो ।
मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर वडाबाट सुरु गरिएको छ ।
बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।
यसअघिको निर्वाचनमा बारा २ बाट विजयी भएका जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको थियो ।
चितवनको मतगणना दिउँसो १ बजेबाट सुरु गर्ने सहमति सर्वदलीय बैठकमा भएको छ । तनहुँ १ मा भने आइतबार मध्यरातिदेखि सुरु भएको मतगणमा रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायम छ ।