मानिसमा किन आउँछ बदलाको भावना ?

    नेपालीमा एउटा उखान छ, ‘विष बिनाको सर्प सर्प हुँदैन र इख बिनाको मानिस मानिस हुँदैन ।’ तर यसो भन्दैमा इख हरेक समय सकारात्मक मात्रै हुन्छ भन्ने हुँदैन । ठूलो इख राख्दा बदलाको भावना आउँछ र अप्रिय घटना समेत हुन सक्छ ।

    कुनै घटना हुँदा, कसैले आफूलाई होच्याउँदा, कामका बेला तुच्छ गाली गर्दा मानिसमा बदलाको भावना आउन सक्छ । बदलाको भावनाले मनमा नकारात्मक कुरा मात्रै खेलिरहन्छ । विश्वमा हुने २० प्रतिशत हत्याका घटनाको पछाडि बदलाको भावना हुने गरेको अनुसन्धानहरुले समेत देखाएका छन् ।

    बदलाको भावना आउने अवस्था

    मानिसमा नकारात्मक भावना हावी हुँदै गएपछि बदलाको भावना जागृत हुने पद्मकन्या क्याम्पसको मनोविज्ञान विभागकी प्रमुख डा. कविता कँडेल बताउँछिन् ।
    ‘व्यक्तिमा सकारात्मक र नकारात्मक भावना हुन्छ । मनभित्र नकारात्मक सोच हाबी हुँदै व्यक्तिको उसको व्यवहारमा देखिन्छ र नकारात्मक प्रवृत्तिको रुपमा विकास हुन्छ,’ उनी भन्छिन्, ‘फलस्वरूप अरुप्रति इर्ष््या गर्ने, आफ्नो मनोबल कमजोर हुँदै सोच्न सक्ने शक्ति कम हुन्छ र स-साना कुरामा बदलाको भावना पनि उत्तिकै हुन्छ ।’

    उनका अनुसार बदलाको भावना सिर्जना हुने अवस्था जुनसुकै उमेरमा हुनसक्छ । कहिले मदिरापानका कारण उब्झिएको विवादपछिको बदला, कसैले गालीगलौच गर्‍यो, त्यसको बदला । कहिले आफन्तजन वा साथीभाइबाट अपमानित अनुभव हुँदा त कहिले अपहेलित हुँदा व्यक्तिमा बदलाको भावना जाग्न सक्छ ।

    स-साना कुरामा पनि बदलाको भावना आउनु वा आइराख्नु भनेको व्यक्ति किसिमको वातावरणमा हुर्किएको छ, त्यसमा पनि भर पर्छ । ‘यदि सानैदेखि समयमा नै राम्रो नराम्रो छुट्याउने बानी विकास हुँदै गएमा बदला लिने भावना विकास हुँदैन । तर बाल्यावस्थादेखि नै सकारात्मकभन्दा बढी नकारात्मक पक्षहरुको सामना गरिरहेका बालबालिकामा पछिसम्म पनि क्रोध र आक्रोशसँगै बदलाको भावना पनि आउने गर्छ,’ कँडेल भन्छिन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *