ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट हुने मिति तोकियो !

ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार अर्का साताको आइतबार (बैशाख २४ गते) प्रिअलटमेन्ट सम्पन्न गर्ने र सोहि साता भित्र बाँडफाँट गरीने जनाएको छ ।

कम्पनीको आइपीओमा १ अर्ब ३७ करोड ८० लाख ८० हजार रुपैयाँको आवेदन परको छ । १० लाख ५९ हजार ९०१ आवेदकले १ करोड ३७ लाख ८० हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए ।

माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुने छ । गोलाप्रथाबाट बाँडफाँट गर्दा १ लाख २६ हजार ८६३ आवेदकले १०.१० कित्ता सेयर पाउनेछन् । तिनै मध्य ९ जना आवेदनले थप १.१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् ।

कम्पनीले बैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *