भोली देखि १३ लाख ५५ हजार बराबरको आइपीओ खुल्दै,कति दिने आबेदन ?

सिटी होटल लिमिटेडले भोलि अर्थात बैशाख २५ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले जारी पुँजीको ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। कम्पनीले यसअघि पहिलो चरणमा बैदेशीक रोजगारीमा गएका नेपाली कामदार निष्कासन गरेको आइपीओ बाँडफाँड गरी सकेको छ ।

सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । यसमा छिटोमा वैशाख २८ गते र ढिलोमा जेठ ८ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *