सिटि होटलको आईपीओ बाँडफाँट हुने मिति तोकियो,

    सिटि होटलले आईपीओ बाँडफाँडको मिति तय गरेको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ जेठ ५ गते शुक्रबार विहान ८ः३० बजे बाँडफाँट हुने भएको हो ।

    आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलप्रथाबाट बाँडफाँट हुनेछ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ११ लाख ६१ हजार २ सय ८० कित्ताको लागि आवेदन परेको छ । जसमा १ लाख ३५ हजार ५ सय ९४ जना आवेदकले आईपीओ पाउनेछन् भने बाँकी रहेका १० लाख २५ हजार ६ सय २८ जनाको हातखाँली हुनेछ ।

    images
    कम्पनीले बैशाख २५ गतेदेखि २८ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । यसअघि होटेलले वैदेशिक रोजगारीमा गएकालाई आईपीओ बाँडफाँड गरिसकेको छ ।

    होटलले कुल १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँट गर्ने भएको हो । यसअघि कुल निष्काशित शेयरमध्ये वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि १ लाख ६७ हजार ४ सय कित्ता बाँडफाँट गरिसकेको छ ।

    त्यस्तै ८३ हजार ७ सय कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९ सय ६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइ बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *