तारकेश्वरमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, बस खस्यो खोलामा

    तारकेश्वरमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, बस खस्यो खोलामा

    काठमाडौंको तारकेश्वरमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार तारकेश्वर नगरपालिका-६ जरंखुमा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको हो। बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

    बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसएसपी भट्टले बताए।

    मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार बस काठमाडौंतर्फ आउँदै थियो। तीव्र गतिका कारण दुर्घटना हुँदा १० जना घाइते समेत भएको उनले बताए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *