यी ३ राशिको जीवनमा कहिल्यै हुँदैन धनको कमी !

    ज्योतिषशास्त्रमा २७ नक्षत्र, ९ ग्रह र १२ राशिका बारेमा वर्णन गरिएको छ। यी राशिहरुका आपसमा प्रकृति फरक-फरक हुन्छ। १२ वटा राशिहरुमा ९ ग्रहहरुका आधिपत्य हुन्छ। यहाँ हामी तपाईलाई यस्ता ३ राशिका बारेमा बताउँछौँ, जो पैसा बचत गर्नमा माहिर हुन्छन्। उनीहरुलाई पैसाको अभाव कहिल्यै हुँदैन्। आउनुहोस्, ती राशिका बारेमा जानौँ।

    • कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

    कर्कट राशिका मानिसहरु धन जोड्नमा माहिर हुन्छन्। उनीहरु दूरदर्शी हुन्छन् र आफ्नो भविष्यका लागि आफैँ बजेट तय गर्छन्। उनीहरुले पैसा बचत गर्ने चक्करमा सानातिना आवश्यकताहरुमा पनि सम्झौता गर्छन्। धन सञ्चित गरेर उनीहरु असाध्यै प्रसन्न पनि हुन्छन्। उनीहरुसँग पैसाको अभाव विरलै हुन्छ। उनीहरु अत्यावश्यक अवस्थामा मात्र पैसाको खर्च गर्छन्। कर्कट राशिको स्वामी चन्द्र देवता हो र चन्द्रदेवले उनीहरुलाई यी गुणहरु प्रदान गर्दछ।

    • कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

    कन्या राशिका मानिसहरु बचत गर्नमा माहिर हुन्छन्। उनीहरु बुद्धिमानीपूर्वक पैसा खर्च गर्छन्। त्यसैले उनीहरुको जीवनमा आर्थिक स्थिरता कायम रहन्छ। यस राशिका मानिसहरु विलासी चिजहरु मन पराउँछन्। तर पैसा बचत गर्नुलाई उत्तिकै महत्वपूर्ण ठान्छन्। उनीहरुका दिमाग धनकेन्द्रित हुन्छ। उनीहरुले व्यापारमा नयाँ-नयाँ उपाय लगाएर धेरै पैसा धन कमाउँछन्। कन्या राशिमा बुध देवको आधिपत्य हुन्छ, जसले उनीहरुलाई यी खूबीहरु दिन्छ।

    • मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

    मकर राशिका मानिसहरु फाल्तु खर्च गर्न फिटिक्कै रुचाउँदैनन्। त्यसकारण उनीहरुलाई पैसाको कमी कहिल्यै हुँदैन्। उनीहरु आफ्नो आवश्यकता बाहेक अन्य अनावश्यक कुरामा पैसा खर्च गर्न मन पराउँदैनन्। उनीहरुको जीवनशैली राम्रो हुन्छ। उनीहरुले कडा मेहनत गरी धेरै भन्दा धेरै धन कमाउँछन्। उनीहरु साहसी र कर्मठ पनि हुन्छन्। उनीहरु भाग्यभन्दा बढी कर्ममा विश्वास गर्छन्। मकर राशिमा शनिदेवको आधिपत्य हुन्छ, जसले यी गुणहरु प्रदान गर्दछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *