सिटी होटलको आइपीओ बाँडफाँट,यसरि हेर्नुहोस नतिजा

    सिटी होटलको आइपीओ शुक्रबार (जेठ ५ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत १ लाख ३५ हजार ५९४ जना आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।

    यस आइपीओमा कुल १० लाख ९२ हजार ६६७ जना आवेदकले आवेदन दिएकामा १० लाख ८७ हजार ६७५ जनाको आवेदन बाँडफाँटका लागि योग्य भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ । होटलले वैशाख २५ गतेदेखि २८ गतेसम्म आइपीओ निष्कासन गरेको थियो ।

    यस होटलको जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । कम्पनीले पब्लिकका लागि छुट्याएको कुल १६ लाख ७४ कित्ता सेयरमाध्ये १०% अर्थात् १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकेको छ । यस्तै, ४% अर्थात् ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरु र ५% अर्थात् ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो ।

    सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिएका हुन् । लगानीकर्ताले आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सिटी होटलको वेबसाइटबाट हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको

    वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट थाहा पाउन सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *