भोलि बिहानै देखि चम्किनेछ यी ३ राशि हुने मानिसको भाग्य,

    वैदिक ज्योतिषशास्त्र अनुसार कुनै पनि ग्रहले आफ्नो राशि परिवर्तन गर्दा त्यस ग्रहले मानव जीवन र देश-दुनियाँमा प्रभाव पार्छ। साथै यो राशि परिवर्तन कसैको लागि शुभ रहन्छ भने कसैका लागि अशुभ रहन्छ।

    वैभव र धनको दाता शुक्र ग्रह फाल्गुन २८ गते आइतबार मेष राशिमा प्रवेश गर्दैछ। जसकारण ३ राशिका मानिसहरुलाई धन-लाभ र प्रगतिको योग बनिरहेको छ। जानौँ, ती राशिहरु कुन-कुन हुन् त ?

    • मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – मिथुन राशिका जातकको लागि शुक्रको गोचर शुभ फलदायी सिद्ध हुन् सक्छ। शुक्र देव मिथुन राशिको आय स्थानमा गोचर हुँदैछ। त्यसैले यस समयावधिमा तपाईले पुरानो लगानीबाट लाभ उठाउनुहुनेछ।यसका साथै आयका नयाँ माध्यम बन्नेछन्। विवाहितहरुले आफ्नो पार्टनरको पूरा सहयोग प्राप्त गर्नेछन्। आर्थिक लाभ हुनेछ। व्यापारीहरुले कुनै ठूलो सम्झौतालाई मूर्तरुप दिनेछन्। शेयर बजार, सट्टेबाजी र चिट्ठामा पैसा लगानी गर्नको लागि समय अनुकूल छ।

    • मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – शुक्रको राशि परिवर्तन मेष राशिका लागि लाभदायक साबित हुन सक्छ। शुक्र ग्रह मेष राशिको कुण्डलीको लग्न भावमा गोचर गर्नेछ। त्यसैले यस समयमा तपाईको आत्मविश्वासमा वृद्धि हुनेछ।यसका साथै विवाहित व्यक्तिलाई जीवनसाथीबाट पूर्ण सहयोग मिल्नेछ। यहीँ बेला पार्टनरशिपको काम पनि सुरु गर्न सक्नुहुन्छ। शुक्र ग्रह तपाईको धन भाव र सप्तम भावको स्वामी हो। त्यसैले यस समयमा तपाईलाई आकस्मिक धन प्राप्त हुनेछ। अविवाहितहरूले विवाह प्रस्ताव प्राप्त गर्न सक्छन्।

    • धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – शुक्रको गोचर तपाईका लागि अनुकूल साबित हुन सक्छ। शुक्र ग्रह तपाईको राशिबाट पाँचौं भावमा गोचर गर्नेछ। जसलाई सन्तान र प्रेम-सम्बन्धको भाव मानिन्छ। तसर्थ, यस समयमा तपाईले सन्तान पक्षबाट कुनै शुभ समाचार प्राप्त गर्नुहुनेछ।सन्तान प्राप्त गर्न चाहनेले सन्तान पाउन सक्छन्। विद्यार्थीका लागि यो समय निकै राम्रो रहनेछ। व्यापारीहरु विभिन्न तरिकाबाट धन आर्जन गर्न सफल हुनेछन्। यसका साथै रोजगारी पेशा गर्ने व्यक्तिको पदोन्नति हुन सक्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *