१२ महिना पछि सूर्य देव मिथुन राशिमा प्रवेश गर्दै, यी ४ राशिको भाग्य चम्किदै !

मेष राशि

यो समयमा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। पढाइको दृष्टिले परिवर्तन अनुकूल रहनेछ र उत्कृष्ट नतिजा प्राप्त हुनेछ। सरकारी जागिरको तयारी गर्नेहरूका लागि समय अनुकूल छ। यसका साथै साहित्यिक क्षेत्रसँग सम्बन्धित व्यक्तिको मान सम्मानमा वृद्धि हुने हुँदा चिकित्सा क्षेत्रसँग आबद्ध व्यक्तिलाई समयले राम्रो फाइदा दिनेछ।

वृष राशि

व्यक्तित्वमा सकारात्मकताका कारण पैसासँग सम्बन्धित समस्याको अन्त्य हुनेछ। घर निर्माण वा किन्नको लागि समय अनुकूल छ। आफ्नो क्रोध र बोलीलाई नियन्त्रण गर्नुहोस्। कार्यक्षेत्रमा सफलतासँगै आर्थिक पक्ष पनि सुदृढ हुनेछ। पदोन्नति मिल्दा मान सम्मानमा वृद्धि हुनेछ। विदेशमा रहेका साथीभाइ तथा आफन्तबाट अप्रिय सूचना प्राप्त हुने सम्भावना छ।

सिंह राशि

लामो समयदेखि कामसँग सम्बन्धित समस्या समाधान हुनेछ। सरकारी जागिरका लागि मिहिनेत गर्ने व्यक्तिहरूले इच्छित परिणाम प्राप्त गर्न सक्छन्। नोकरीमा पदोन्नति र नयाँ परियोजनाको सम्भावना छ। पिताको सहयोग प्राप्त हुनेछ। धन लाभ हुनेछ। सामाजिक पद तथा प्रतिष्ठामा वृद्धि हुनेछ। परिवारमा राम्रो कामको अवसर मिल्नेछ। जग्गाजमिन वा पैतृक सम्पत्तिको समस्या समाधान हुनेछ। घर वा सवारी किन्न मन लागे पनि ग्रहयोग अनुकूल रहनेछ।

मकर राशि

यस समयमा केही सकारात्मक परिवर्तनहरू देखिनेछन्। आकस्मिक धन लाभ हुनसक्छ। गलत कामबाट सकेसम्म टाढा रहनुहोस्। सन्तानको बारेमा कुनै चिन्ता मनमा आउन सक्छ। यो अवधि तपाईको लागि शुभ रहनेछ। सावधानीपूर्वक यात्रा गर्नुहोस्। चोरीबाट सामानहरू जोगाउनुहोस्। अन्य कुनै देशको नागरिकताको लागि प्रयास गर्न चाहनुहुन्छ भने त्यो दृष्टिकोणले पनि ग्रहको परिवर्तन अनुकूल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *