गर्मीमा बालबालिकालाई घमौराबाट कसरी जोगाउने ?

गर्मीमा बालबालिकालाई घमौराबाट कसरी जोगाउने ?

गर्मी मौसमको सुरुवातसँगै बच्चाहरुमा घमौरा आउने समस्या बढ्दै जान्छ । अस्पतालहरुमा पनि घमौराको उपचारका लागि आउने बालबालिकाको संख्या गर्मी मौसममा बढ्ने गर्छ।

तराई क्षेत्रका धेरैजसो बालबालिकाले ‘घमौरा’ सामना गर्नुपर्छ । गर्मीमा पसिना बढी आउने र पसिना निस्किने ग्रन्थीका नलीहरु विभिन्न कारणले बन्द हुँदा छाला चिलाउने वा मसिना बिमिराहरु देखा पर्छन्।

गर्मी वातावरण, बाक्लो लुगा, ज्वरो आउँदा घमौरा आउन सक्छन् । भर्खर जन्मेका बालबच्चामा भने पसिनाको ग्रन्थी राम्रोसँग विकास नहुँदा घमौराको समस्या बढी देखिन्छ ।

कसरी जोगिने त ?
गर्मीबाट जोगिनु नै घमौरा आउन नदिने पहिलो उपाय हो । बालबच्चालाई घाममा निस्कन दिनु हुँदैन । हल्का पातलो, खुकुलो सुतिको कपडा लगाइदिनुपर्छ । गुम्सिने, साँघुरो र बाक्लो कपडा प्रयोग गर्न दिनु हुँदैन।

बालबच्चालाई सक्दो शितलमा ठाउँमा राख्नुपर्छ । घमौरा आइसकेको छ भने सफा रुमाल धाराको पानीमा भिजाएर नियमित पुछिदिने गर्नुपर्छ । पुछेपछि त्यो भागलाई हावामा सुक्न दिनुपर्छ।

गर्मीबाट हुने घमौराजन्य घाउ, खटिरा बालबालिकालाई कोट्याउन दिनु हुँदैन । सरसफाईमा ध्यान दिनुपर्छ । घरमै हेरचाह गर्दा पनि घाउ खटिरा निको नभएमा नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लैजानु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *