जेठ-असारमा ५ ठूला ग्रहको हलचल हुदै, यी ३ राशिको चम्किनेछ भाग्य !

१. वृष राशिमा बुधको गोचर : जेठ २४, २०८०, बुधवार साँझ ७ बजेर ५५ मिनेटमा बुध वृष राशिमा गोचर गर्नेछ।

२. मिथुन राशिमा सूर्यको गोचर : जेठ ३२, २०८०, बिहीवार साँझ ६ बजेर २२ मिनेटमा सूर्य मिथुन राशि गोचर गर्नेछ।

३. कुम्भ राशिमा शनि वक्री : असार ०२, २०८०, शनिवार राति ११ बजेर ३ मिनेटमा शनि कुम्भ राशिमा वक्री हुनेछ।

४. बुध वृष राशिमा अस्त : असार ०४, २०८०, सोमबार बिहान ७ बजेर ३१ मिनेटमा बुध वृष राशिमा अस्त हुनेछ।

५. मिथुन राशिमा बुधको गोचर : असार ०९, २०८०, शनिवार दिउँसो १२ बजेर ५० मिनेटमा बुध मिथुन राशिमा गोचर गर्नेछ।

जेठ – असारमा हुने ग्रहको राशि परिवर्तनले कुन-कुन राशिलाई फाइदा हुन्छ ?

५ प्रमुख ग्रहहरुको चालले १२ राशिका व्यक्तिहरूमा महत्त्वपूर्ण प्रभाव पार्नेछ। जेठ – असारमा हुने यी ग्रहका राशि परिवर्तनले सबैभन्दा बढी फाइदा ३ राशिलाई हुनेछ। यस अवधिमा वृष, सिंह र धनु राशिका व्यक्तिहरूले भरपूर सफलता हासिल गर्नेछन्। यी राशिका व्यक्तिहरूले आफ्नो करियरमा इच्छित परिणाम प्राप्त गर्नेछन्। नयाँ कामको खोजीमा हुनुहुन्छ भने अवसरको सदुपयोग गर्ने समय राम्रो छ। साथै, व्यवसायीहरूले यस अवधिमा राम्रो सम्झौता गर्न र नाफा कमाउन सक्षम हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *