युनिक नेपाल लघुवित्तको एफपीओ बिहीबार (जेठ २५ गते) बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार बिहीबार बिहान ९ बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।
यता, युनिक नेपालको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ४२.९६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ ।
यसमा १४ लाख ४ हजार ७ जनाले कुल १ करोड ६३ लाख ३ हजार २० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ३७ हजार ९४२ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ६६ हजार ६५ जनाको भने हात खाली हुनेछ ।
लघुवित्तले जेठ ११ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गरेको हो । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको एफपीओलाई केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ ।
जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ फागुन २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० माघ २१ गतेसम्म बाहल रहनेछ ।