संसारभर भएका विभिन्न अध्ययनले मानिसले जस्तै जनावरले पनि यौन सन्तुष्टि प्राप्त गर्छन् भन्ने पुष्टि भएको छ ।
धेरैलाई सन्तान प्राप्तिका लागि मात्रै जनावरले यौन क्रिया गर्छन् भन्ने लाग्ने गरेको छ । तर, संसारभरका दर्जनौँ अध्ययनबाट जनावरले पनि यौन आनन्द लिने गरेको पाइएको छ ।
अमेरिकाको कोलोराडो युनिभर्सिटीका विज्ञ मार्क बेकोफले लाइफसाइन्सेस डटकममा लेखेको आलेखमा धेरैजसो स्तनपायी जनावरहरूले यौन जीवनको बारेमा आनन्द लिने गरेको उल्लेख छ ।
अध्ययनमा धेरै जनावरहरूले बच्चा जन्माउनकै लागि यौन सम्बन्ध राख्छन् । केही जनावरले भने यौन आनन्दका लागि पनि यौन क्रिया गर्ने गरेको पाइएको छ । केही जनावरले विशेष मौसममा यौन सम्बन्ध राख्ने गरेका छन् ।
समाजशास्त्रीहरुले सर्पजस्ता केही जीवले यौन सम्पर्क राख्नुअघि सेक्सअघि ‘फोरप्ले’को मजा लिन्छन्, जुन एक घण्टासम्म चल्छ । बोनोबोज र डल्फिनहरूले मनोरञ्जनका लागि यौन सम्बन्ध राख्ने गरेको विभिन्न अध्ययनमा उल्लेख छ ।
जीव सम्बन्धी वैज्ञानिक जस्टिन गर्लाच कछुवाहरूले आनन्दको लागि नै यौन सम्पर्क राख्ने गरेको दावी गर्छन् । बाँदरको यौन सम्पर्क भने मानिससँग मिल्दोजुल्दो हुन्छ । उनीहरूका लागि पनि यौन केवल सन्तान प्राप्तिका लागि मात्रै हुँदैन ।
बाँदरहरूले हस्तमैथुन पनि गर्छ भन्ने वैज्ञानिकहरुले पुष्टि गरेका छन् । जनावरहरुमध्ये बाँदर मानिसजस्तै यौनमा सक्रिय हुने गरेको छ । जनावरविद् डा.मुकेश चालिसेका अनुसार सेक्सका लागि बाँदरले अर्काकी श्रीमतीसमेत लैजाने गरेको छ ।
जनावरहरूमा यौन आनन्दको पहिचान र मापन गर्न गाह्रो छ, तर तिनीहरूको अनुहारको हाउभाउ, शारीरिक चालचलन र स्नायु, मांसपेशीहरू हेरेर जनावर पनि आनन्दको चरम सीमामा पुग्छन् भन्ने वैज्ञानिकहरुको निष्कर्ष छ ।