आज राती १२ बजेदेखि लागु हुने गरि घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, प्रति लिटर कति ?

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज राती १२ बजेदेखि लागु हुने गरि मूल्य घटाएको हो ।निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल / मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः

प्रति लिटर रु. ७.५० रुपैया, रू.६ रुपैयाँ र रू. ५ रुपैयाँले घटाईएको छ । निगमका अनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगंज, भलवारी, नेपालगञ्ज र धनगढी पर्छन्। त्यस्तै दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ्ग पर्छन भने तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल पर्छन्।

साथै साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर रु. १४.०० तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलो लिटर अमेरिकी डलर ११५ ( प्रति लिटर करिब रु. १५.०० ) ले घटाईएको निगमले जनाएको छ।खाना पकाउने ग्यासको मूल्य भने स्थिर छ ।

यस्तो छ नयाँ मूल्य

बिज पाटि बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *