भोलि देखि १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ खुल्दै,कति दिने आबेदन ?

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा सार्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भोलि बुधबारदेखि सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने लागेको हो ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरीसकेको छ । जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ ।

त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ ।

लगानीकर्ताले आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओ न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *