अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले भोलि अर्थात असार २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।कम्पनीले सर्वसाधारणहरुको लागि १९ लाख ५७ हजार ५ सय कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
जस अनुसार ३९ हजार १ सय ५० कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र ९७ हजार ८ सय ७५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकी रहेको १८ लाख २० हजार ४ सय ७५ कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
यसमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले यो आईपीओमा असार २३ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको सेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।