कोरियाले बिदेशी कामदारको लागी भिसा नीति खुकुलो पार्ने

दक्षिण कोरियाले काम गर्ने उमेर समुहको जनशक्तिको अभावलाई पूर्ति गर्न थप खुला अध्यागमन नीति अपनाउने तयारि गरेको अर्थ मन्त्रालयले मंगलबार बताएको छ। अर्थ मन्त्रालयले घोषणा गरेको नीति निर्देशनहरूको मुख्य भाग मध्ये एक वर्तमान अध्यागमन र भिसा नीतिहरूको परिमार्जन मार्फत देशको आर्थिक रूपमा सक्रिय जनसंख्यालाई बलियो बनाउनु रहेको छ।

“सरकारले व्यावसायिक कामदारका लागि रोजगार भिसाको कोटा बढाउँदै विदेशीलाई दिइने रोजगार भिसाको दायरा र अवधि बढाउने योजना बनाएको छ । दक्ष कामदारहरूलाई भिसा जारी गर्ने कार्य विस्तारित हुनुका साथै क्षेत्रीय भिसा प्रणालीलाई सक्रिय पार्नु पनि नयाँ नीति निर्देशनको एक हिस्सा हो ।” मन्त्रालयले भनेको छ ।

विशेष गरी, सरकारले यो वर्षको दोस्रो आधामा E-7-4 रोजगार भिसाको कोटा बढाउने योजना बनाएको छ। E-9 भिसा कोटाको समीक्षा र यसको विस्तार भने अर्को बर्ष मात्र हुने बताएको छ। कृषि तथा मत्स्यपालन समुदायमा दीर्घकालीन रोजगारी खोज्नेहरूलाई क्षेत्रगत भिसा जारी गर्न सहज बनाउने बताएको छ । सरकारले ग्रामीण क्षेत्रका लागि सामुदायिक योजना र डिजाइनलाई जीवनस्तर सुधार गर्न सहयोग गर्ने योजना पनि बनाएको छ ।

मन्त्रालयले जनशक्तिमा लगातार आएको गिरावटले राष्ट्रिय अर्थतन्त्रको बृद्धि सम्भावनालाई प्रतिबन्धित गरेको बताएको छ । यसले अध्यागमन र भिसा नीतिको क्षेत्रमा समस्यालाई सम्बोधन गर्न संरचनात्मक प्रतिक्रियाको लागि आह्वान समेत गरेको छ ।

त्यसैगरी जनसंख्या बृद्वीको लागी विवाह, मातृत्व भत्ता र सहकारी बाल हेरचाह भत्ताका लागि लाभहरू बढाउनु परिवार गठनका लागि प्रोत्साहन सिर्जना गर्न सरकारको नीति निर्देशनको अर्को स्तम्भ हो। नवविवाहित जोडीहरूका लागि बढेको कर छुट र कटौतीहरू पनि प्रदान गरिनेछ।सरकारले यो वर्षको दोस्रो आधामा विदेशी घरेलु कामदारका लागि दिर्घकालिन योजना पनि शुरु गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *