क्यान्सर उपचारको लागि सहयोगको अपील

अछाम जिल्ला मंगलसेन नगरपालिका 10 निवासी अंकल गगन बोहरा ब्लड क्यान्सरबाट पीडित भई हाल भरतपुर क्यान्सर आस्पतल चितवनमा उपचाररत हुनुहुन्छ, चुनौतीपूर्ण अवस्थाले उनको शारीरिक स्वास्थ्य मात्र नभई भावनात्मक स्वास्थ्यमा असर पारेको छ ।

यद्यपि रगत र हड्डीको क्यान्सरको उपचारको लागत अत्याधिक छ, र यसले उहाँको परिवारमा ठूलो आर्थिक बोझ राख्छ। तर उहाँको घरको आर्थिक अवस्था कमजोर भएको कारण उपचार गर्न धेरै समस्या परेको छ । एक समुदायको रुपमा हामी उपचार खर्च सम्बन्धी आर्थिक बोझ कम गर्नका निमित्त आर्थिक सहयोग संकलन गरेर गगन र उहाँको परिवारको साथमा उभिन चाहन्छौं।

सेवानै ठूलो धर्म हो र कुनै पनि सहयोग सानो र ठूलो हुँदैन । हाम्रो सानो सहयोगले कसैको जीवनमा ठूलो प्रभाव पार्न सक्छ। गगन आफ्नो लडाइँमा एक्लै छैनन् भनी देखाउन हामी सबै एकबद्ध भएर माया, प्रोत्साहान र आर्थिक सहयोगले उहाँलाई आफ्नो जीवनको यो चुनौतीपूर्ण अध्याय पार गर्न मदत गरौँ। सेवा स्वरुप तल दिइएको खातामा सक्दो रकम सहयोग गरेर गगन बोहरालाई जीवनदान दिन सक्नु हुनेछ।

बिरामीको नाम गगन बोहराखातावालाको नाम : Biraj khadkaA/C 1450971679600016Contact no. 9768307612

घटना यस्तो थियो: अछाम जिल्ला मंगलसेन नगरपालिका १० निवासी गगन बोहरा रुखबाट लड्नु भएको थियो। उहाँलाई सुरुमा नेपालगञ्ज मेडिकल कलेज लागिएको थियो , त्यहाँ सम्भव नहुने भनेर काठमाडौं टिचिङ अस्पताल पठायो तर आर्थिक अवस्थाको कारणले त्यहाँ उपचार गर्न सकिएन ।

त्यसैले वीर अस्पताल लाग्नु भयो वीरले राष्ट्रिय ट्रमा सेन्टर पठायो त्यहाँ २ महिना पछि क्यान्सर भएको भनेर पुष्टि गरेपछि त्यहाँबाट क्यान्सर अस्पताल जानु भनेर डिस्चार्ज गरिदिएको थियो ।

त्यसपछि उपचार गर्न नसके पछि जस्ताको त्यस्तै घर लगियो । तर अहिले अवस्था झन् झन् गम्भीर हुँदै गएपछि चितवन क्यान्सर अस्पताल लगिएको छ आर्थिक अवस्था धेरै नाजुक भएको छ दैनिक औषधि खान पनि गाह्रो भइरहेको छ, त्यसैले गाह्रो भएको हुँदा सहयोग गरिदिन आग्रह गर्दै पोष्ट गरिएको हो! उहाँहरुलाई उपचार गर्न धेरै नै गाह्रो भएको छ त्यसैले सक्दो सहयोग गरिदिन अनुरोध गर्दछौ।

अहिले अवस्था झन् झन् गम्भीर हुँदै गएपछि चितवन क्यान्सर अस्पताल लगिएको छ आर्थिक अवस्था धेरै नाजुक भएको छ दैनिक औषधि खान पनि गाह्रो भइरहेको छ, त्यसैले गाह्रो भएको हुँदा सहयोग गरिदिन आग्रह गर्दै पोष्ट गरिएको हो! उहाँहरुलाई उपचार गर्न धेरै नै गाह्रो भएको छ त्यसैले सक्दो सहयोग गरिदिन अनुरोध गर्दछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *