कोरियामा १२ बर्षे भिषा छिट्टै लागू हुन सक्ने, यस्तो छ नयाँ नियम ।

    दक्षिण कोरियाले बिदेशी कामदार सम्बधी केहो नियमहरु परिवर्तन गर्ने भएको छ । जुलाई ५ गते पारित गरेको केही नियमहरु मध्ये 12 बर्षे भिषालाई पनि संबोधन गरेको छ ।कार्यस्थल परिवर्तनलाई सहज बनाउन तथा कम्पनिले आफू खुशी उठाउदै आएको बसोबस खर्चलाई ब्यबस्थापन गर्ने गरि नियम यहि सेप्टेम्बरबाट लागू गर्दैछ ।

    कम्पनीले बिदेशी कामदारले आफ्नो कारणले छोडेर बिदेशी कामदार राख्न चाहेमा 7-14 दिन कोरियन कामदारको लागी छुट्टाएको समय खारेज अबदेखी सिधै बिदेशी कामदारको आवेदन दिन सकिने भएको छ ।

    एउटै कम्पनिमा 4 बर्ष 10 महिना पूरा गरेको वा पहिलो कम्पनिमा १ बर्ष काम गरेको वा अन्तिम कम्पनीमा १ बर्ष काम गरेको कामदार बिचमा कम्पनी परिवर्तन गरेको भए पनि 4 बर्ष 10 महिना पूरा गरेको कामदार १ महिना पछि कोरिया पुनः कमिटेड कामदारको रुपमा प्रवेश गर्न पाउने भएका छन ।

    कोरियामा 4 बर्ष 10 महिना काम गरेको कामदार कमिटेड रुपमा आउन नपाएमा अन्य माध्यममार्फत ६ महिना पछि मात्रै कोरिया प्रवेश गर्न मिल्ने ।
    कम्पनी परिवर्तन गरेमा शुरुमा प्रवेश गरेको कार्य क्षेत्र भित्र मात्रै परिवर्तन गर्न सकिने भएको छ ।

    बिशेष अवस्था कम्पनिमा निश्चित अवधी बसेको कामदारको हकमा 2 बर्ष थप गरि १२ बर्ष बस्ने ब्यबस्था लागू हुन सक्ने यस बिषयमा अध्ययन गर्दै गरेको छ । यो ब्यबस्था छिटै नै लागू हुने संभावना रहेको छ ।कम्पनिले बस्ने ब्यबस्थामा पहिले तलबको अनुपातमा काट्ने गरेकोमा परिवर्तित नियम अनुसार अहिले सोही क्षेत्रमा चलेको भाडा अनुपातमा हुने ब्यबस्था गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *