अडानी समूहले बनाएको ६ हजार किलो फलामको पुल चोरी

काठमाडौं । मुम्बई प्रहरीले अडानी समूहको एक कम्पनीले जडान गरेको फलामको पुल चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

यो फलामको पुलको तौल ६ हजार किलो रहेको बताइएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार यो पुल मुम्बईको मलाड (पश्चिम) मा नालीमाथि बनाइएको हो।

बांगर नगर पुलिस स्टेशनका एक अधिकारीले भने कि अडानी इलेक्ट्रिसिटीले ठूलो मात्रामा बिजुलीका तारहरू बोक्न यो ९० फिट पुल बनाएको थियो।

केही महिनाअघि सो नालामा स्थायी पुल बनेपछि त्यो अस्थायी संरचना अन्यत्र सारिएको थियो । तर, जून २६ मा अस्थायी पुल आफ्नो ठाउँबाट हराएको खुलासा भएपछि विद्युत कम्पनीले प्रहरीमा उजुरी दिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले उक्त पुल अन्तिम पटक जून ६ मा देखिएको पत्ता लगाएको थियो ।

घटनास्थलमा कुनै पनि सीसीटीभी क्यामेरा नभएका कारण प्रहरीले वरपरका इलाकाको निगरानी क्यामेराको खोजी गरेको थियो । यो अनुसन्धानमा गत जून ११ मा पुलको दिशामा ठुलो गाडी गएको प्रहरीको ध्यानाकर्षण भएको थियो ।

त्यसपछि प्रहरीले उक्त गाडीको दर्ता नम्बरका आधारमा ट्रेस गरेको थियो । प्रहरी अधिकारीका अनुसार गाडीमा ग्यास कटर मेसिन थियो जसलाई पुल भत्काउन प्रयोग गरिएको थियो । चोरी भएको फलामको पुल बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *