लेलेको मुहार फेर्ने भाइरल सडक

अचेल दक्षिण ललितपुरको एउटा सडक सामाजिक सञ्जालमा भाइरल बनेको छ। ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यले भरिपूण गोदावरी नगरपालिका लेले-टीकाभैरव चारलेनको बाटाले अझै सुन्दरताको मुहान फुटेको छ। व्यवस्थित र सुन्दर सडकका कारणले लेले-टीकाभैरववासीमा खुसी छाएको छ।

चारलेनको सडकलाई डबल कालोपत्रे गरी अत्यन्तै व्यवस्थित बनाइएको छ। ‘स्वच्छ-सुन्दर दक्षिण ललितपुर लेले-टीकाभैरव अहिले घुम्न जानेको चाप छ। प्राकृतिक सम्पदाले भरिपूर्ण भएको दक्षिण ललितपुरमा सौन्दर्यको कमी छैन। अग्ला र ठुला हरियाली जंगलले घेरिएको समथर र खुला लेले, टीकाभैरव बस्तीका बीचमा चारलेनको सुन्दर सडक हुँदा आफैमा आनन्दमय छ।

बस्ती कम, खुला र हरियालीले लेले-टीकाभैरव सडकको दायाँबायाँ रहेको बगैंचाले स्वर्गीय आनन्द दिएको छ। सातदोबाटो-लेले सडक खण्ड लामो समयदेखि अस्तव्यस्त र भद्रगोल सडकलाई व्यवस्थित बनाएर डबल कालोपत्र गरी सडकको दायाँबायाँ फूलहरू फुलेर हराभरा भएका छन्।

चारलेन सडकको प्रशंसा गर्दै गोदावरी नगरपालिका वडा नं. ६ टीकाभैरवका स्थानीय सुरज थापा भन्छन्, ‘चक्रपथ रिङरोडझैं ठुलो बाटो बन्यो। यहाँका स्थानीय वासीलाई त जुग नै फेरिएझैं भएको छ। सधैं धुलो धुवाँ खाएर बसेका हामी अहिले स्वच्छ हावा खाँदै छौं। यही सुन्दर सडकले गर्दा शुक्रबार र शनिबार झन्डै दुई तीन सय आन्तरिक र बाह्य पर्यटन घुम्न आउने गर्छन्।’

अचेल दक्षिण ललितपुरको एउटा सडक सामाजिक सञ्जालमा भाइरल बनेको छ। ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यले भरिपूण गोदावरी नगरपालिका लेले-टीकाभैरव चारलेनको बाटाले अझै सुन्दरताको मुहान फुटेको छ। व्यवस्थित र सुन्दर सडकका कारणले लेले-टीकाभैरववासीमा खुसी छाएको छ।

हिलो र धुलोले कुरूप बनेको यस स्थान अहिले काँचुली फेरेको छ। टीकाभैरवका थापा भन्छन्, ‘पहिला घरबाट अफिस जान निस्कियो भने सातदोबाटो पुग्नै घण्टौं लाग्थ्यो। सफा कपडा लगाएर हिँड्यो, हिलाम्मे र धुलाम्मे हुने। कतिपटक त बाटो हिलो हुदाँ बाइक नै गाडिएर कपडा पूरै हिलो भई घर फर्कनुपरेको छ भने कतिपटक त घरका सदस्यलाई फोन गरेर आधा बाटोमा नै कपडा मगाई अफिस जानुपरेको थियो। त्यो अवस्थाबाट आएका हामी अहिले त नयाँ जुनी फेरिएझैं लाग्छ।’

धेरै प्रजातिका चराचुरुङ्गीका लागि प्राकृतिक वासस्थान भएको दक्षिण ललितपुर विभिन्न प्रजातिका वनस्पति, जडीबुटी र सुन्दर मनोरम पवित्र आनन्द वन र जैविक विविधताले लेले, टीकाभैरवलाई घेरेको छ।

दक्षिण ललितपुरमा हालसालै चारलेनको बाटोले मात्र पर्यटक घुम्न आएका भने होइनन्। उक्त क्षेत्रमा टीकाभैरवजस्ता चर्चित मन्दिरलगायत सरस्वतीकुण्ड, मनकामना, कालेश्वर, गुप्तेश्वर र पाथीभराजस्ता अन्य धार्मिक स्थलहरू छन्, जसले गर्दा धार्मिक एवम् पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ।

‘मुख्य सडक हुँदै घरघर टोलटोलसम्म पुग्छौं,’ थापाले भने, ‘सहायक बाटोबाट वर्षामा आएको भेल मुख्य सडकमा जाने गरेको छ। त्यसलाई व्यवस्थित गर्नु आवश्यक छ। साथै रात्रिकालीनको समयलाई मध्यनजर गरी बिजुलीका पोल राख्न जरुरी छ। मुख्य सडकमा ट्राफिक बत्ती राखिदिए लेले, टीकाभैरववासीलाई सुनमा सुगन्ध हुने थियो।’

धेरै प्रजातिका चराचुरुङ्गीका लागि प्राकृतिक वासस्थान भएको दक्षिण ललितपुर विभिन्न प्रजातिका वनस्पति, जडीबुटी र सुन्दर मनोरम पवित्र आनन्द वन र जैविक विविधताले लेले, टीकाभैरवलाई घेरेको छ।

हालसालै भाइरल रोडको नामले लेले, टीकाभैरवको सडकलाई चिन्न सकिन्छ। विगत धेरै वर्षअघिदेखि अस्तव्यस्त सडक अहिले सामाजिक सञ्जालमा छाइरहेको छ। भाइरल सडक भनी घुम्न आउनेहरूको विभिन्न सामाजिक सञ्जाल मार्फत फेसबुक लाइभ, टिकटक र सुटिङ गर्नेहरूको भिड देखिन्छ।

लेले, टीकाभैरव क्षेत्रका बजार अहिले चिटिक्क र सुन्दर देखिएका छन्। सडक सफा, सुन्दर र फराकिलो भएकाले बल्ल आफूहरू सुन्दर र सफा लेलेवासी हुन पाएकामा गौरवको अनुभूति भइरहेको स्थानीयवासीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *