मानिसहरु जीवनमा सफल हुन अनेक किसिमको मिहिनेत गर्ने गर्दछन्। जीवनमा सफल हुन सबैले आफ्नो तर्फबाट कडा परिश्रम गर्छन्। तर ती सबै सफल हुँदैनन्।धेरै मानिसले आफ्नो काममा निराशा पनि बेहोर्नु परेको छ। आखिर कहाँ गल्ती हुन्छ र सफलता हातमा आउँदैन।
आचार्य चाणक्यले यी गल्तीहरूको बारेमा विस्तृत रूपमा व्याख्या गरेका छन्।चाणक्य नीतिमा भनिएको छ कि मानिसमा यस्ता ४ खराब बानी छन्, जसले सफल हुनबाट रोक्छ। जानौँ ती ४ खराब बानी, जुन मानिसले तुरुन्तै छोड्नुपर्छ।
धनको दुरुपयोग: सफलताका लागि चाणक्य नीतिका अनुसार मानिसले आफूसँग भएको पैसालाई धेरै सोचेर प्रयोग गर्नुपर्छ। जसले अरुलाई हानि पुर्याउन पैसाको गलत प्रयोग गर्छ, उसको छवि पाखण्डीको हुन्छ। यस्ता मानिस जीवनमा कहिल्यै अगाडि बढ्न सक्दैनन्। लक्ष्मी पनि यस्ता मानिसबाट टाढा रहन्छन्।
भेदभावको बानी: आचार्य चाणक्यको भनाइले भन्छ की व्यक्तिमा कहिल्यै भेदभावको भावना हुनु हुँदैन। यस्तो गलत सोच राख्ने मानिस जीवनमा कहिल्यै सफल हुन सक्दैनन्। यस्ता मानिसहरु आफ्नै अहंकारमा पर्दछन् जसका कारण अरु मानिसहरु उनीहरुबाट टाढा रहन्छन् । यस्ता व्यक्तिले समाजमा कहिल्यै सम्मान पाउँदैनन्।
खराब संगत: सफलताको लागि चाणक्य नीति शास्त्रमा भनिएको छ, व्यक्तिले कहिल्यै खराब व्यक्तिको संगत गर्नु हुँदैन। यस्तो संगतले मानिसलाई दुष्ट र पतनको बाटोमा लैजान्छ। गलत संगतबाट आजसम्म कसैलाई फाइदा भएको छैन। यस्तो संगतका कारण उसले परिवार, साथीभाइ र आफन्तहरूको समर्थन पनि गुमाउँछ।
क्रोध र लोभ: आचार्य चाणक्य भन्छन् कि मानिस लोभ र क्रोधबाट टाढा रहनुपर्छ। यी दुई मानिसका सबैभन्दा ठुलो शत्रु हुन्। यी दुई खराब बानीमा आकर्षित हुने मानिसको जीवन नरकभन्दा पनि खराब हुन धेरै समय लाग्दैन। सफलता सधैँ त्यस्ता मानिसहरूबाट टाढा भाग्छ।