मेस्सीलाई उछिन्दै रोनाल्डोले बनाए नयाँ विश्व कीर्तिमान

लियोनेल मेस्सीलाई उछिन्दै क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बनेका छन् । योसँगै उनले नयाँ विश्व कीर्तिमान बनाउन पनि सफल भएका छन् ।

फोर्ब्सको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा रोनाल्डो शीर्ष स्थानमा पुगेको सन् २०१७ पछि यो पहिलो अवसर हो । सन् २०२३ मा खेलाडीको सर्वाधिक कमाइका लागि उनले गिनिज वर्ल्ड रेकर्ड पनि हासिल गरेका छन् ।

साउदी क्लब अल नासर पुगेका रोनाल्डोले १३.६ करोड डलर आम्दानी गरेका छन् । रोनाल्डोले मैदान र मैदानबाहिर गरेर यो रकम कमाएका हुन् । पोर्चुगिज खेलाडीले क्रमशः ४.६ करोड डलर र ९ करोड डलर आम्दानी गरेका छन् ।

अल नासरमा उनको तलब दोब्बरले वृद्धि भए पनि उनको आम्दानीको ठुलो हिस्सा नाइकीको स्पोनसरसीप र सीआर सेभेन ब्रान्डको मर्चेन्डाइजबाट प्राप्त गरे । सन् २०२२ मा मेस्सीले १३ करोड पाउन्ड कमाउँदै विश्वको सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बनेका थिए । उनी त्यतिबेला पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध थिए ।

यस्तो छ २०२३ मा सर्वाधिक कमाइ गर्ने खेलाडीको सूची१. क्रिस्टियानो रोनाल्डो – १३.६ करोड डलर२. लियोनेल मेस्सी –१३ करोड डलर

३. किलियान एम्बाप्पे –१२ करोड डलर४. लिब्रोन जेम्स –११.९५ करोड डलर

५. कानेलो अल्भारेज –११ करोड डलर६. डस्टिन जोनसन – १०.७ करोड डलर

७. फिल मिकेल्सन – १०.६ करोड डलर८. स्टेफन करी –१०.०४ करोड डलर

९. रोजर फेडरर –९.५१ करोड डलर१०. केभिन डुरान्ट – ८.९१ करोड डलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *