नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको संख्या घटाउने भएको छ । राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०।८१ को मौन्द्रिक नीति सार्वजनिक गर्दै २०८१ असार मसान्तसम्म लघुवित्तको संख्या घटाउने र समस्या समाधान गर्ने बताएको छ ।
केन्द्रिय बैकले २०८१ असार मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गरेमा विद्यमान सुबिधाहरु उपलब्ध हुनेगरी लघुवित्त वित्तीय संस्थाहरुको मर्जर प्राप्तिलाई प्रोत्साहन गर्ने भएको छ ।
बैंकले लघुवित्त वित्तीय संस्थाको समस्या र सुुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदनका सुझावहरुलाई क्रमशः कार्यन्वयन गर्ने भएको छ ।