के काेरिया जाने भाषा परिक्षा बन्द भएको हाे त ? यस्तो भन्छ इपिएस शाखा

    के काेरिया जाने भाषा परिक्षा बन्द भएको हाे त ? यस्तो भन्छ इपिएस शाखा

    सामाजिक सञ्जालमा फैलिएका गलत हल्ला प्रति इपिएस शाखा कार्यालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।केही दिन देखि सामाजिक सञ्जालमा दक्षिण काेरिया जाने भाषा परिक्षा बन्द भएको भन्दै विभिन्न गलत हल्लाहरु फैलिएपछि शाखाले उक्त हल्लाहरुकाे खण्डन गर्दै विज्ञप्ति मार्फत जानकारी गराएको हाे ।

    एक विज्ञप्ति जारि गर्दै शाखाले यस्तो भनेको छ ,प्रस्तुत विषयमा नेपाल सरकार र दक्षिण कोरिया सरकार बिच भएको सम्झौता बमोजिम रोजगार अनुमति प्रणाली (EPS) मार्फत नेपाली कामदारहरु सरकारी प्रणाली (G2G) को माध्यमबाट सन् २००८ देखि रोजगारीको लागि हालसम्म करिव ९० हजार भन्दा वढी नेपाली कामदारहरु दक्षिण कोरिया प्रवेश गरिसकेका छन् ।

    गत आ. व. २०७९ श्रावण देखि २०८० आषाढ मसान्तसम्म २२,१९२ कामदारहरु प्रवेश गरी रोजगार अनुमति प्रणाली (EPS) मार्फत दक्षिण कोरिया प्रवेश गर्ने १६ वटा मुलुकहरुमध्ये नेपाल सर्वोत्कृष्ट रहेकोछ ।नेपालीहरुमाझ लोकप्रिय बन्दै गईरहेको रोजगार अनुमति प्रणाली (ई. पी. एस.) लाई केही व्यक्ति एवं समूहहरुले सामाजिक सञ्जालमा विभिन्न पेज समेत बनाई

    कतिपयहरुले ई. पी. एस.को लोगो एवं लेटरप्याड समेत राखी भ्रामक र नक्कली फेसबुक खोल्ने, भ्रामक विषय लेखी समाचार बनाई जथाभावी पोस्ट गर्ने एवं त्यस विषयमा सत्य तथ्य नबुझी अरुले समेत शेयर गर्ने लगायतका कार्य गरी कानून विपरितका गतिविधि गरिरहेको हुँदा विश्वास नगर्नुहुन सम्बन्धित सवैलाई जानकारी गराईन्छ ।

    मिति २०८०।०४।०८ मा ई. पी. एस. कोरिया शाखाको लेटरप्याडमा तत्काल नेपालबाट कुनै पनि कामदार कोरिया नभित्र्याउने सम्बन्धी अत्यन्त जरुरी सूचना भनी गलत (फेक) सूचना निकाली अतिरन्जित गर्ने, भ्रम छर्ने, सरकारी लेटरप्याड किर्ते गर्ने लगायतका गैरकानूनी कार्य गरेको र त्यस्तो कार्यमा संलग्नहरुलाई विधुतीय (इलेक्ट्रोनिक) कारोबार ऐन,

    २०६३ तथा नियमावली २०६४ वमोजिम साईवर अपराधमा हदैसम्मको कैद र जरिवानाको सजायको लागि नेपाल प्रहरीको साईवर व्यूरोमा लेखी पठाई सकिएकोछ ।कुनै पनि आधिकारिक सूचनाहरुको लागि सम्बन्धित व्यक्ति स्वयंले ई. पी. एस. कोरिया शाखाको बेभसाईट www.epsnepal.gov.np तथा ई. पी. एस. कोरिया शाखाले राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित गर्ने सूचनाहरु हेर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *