शरिरमा आउँने सेतो धर्सा के हो ? कसरी गर्ने उपचार ? जान्नुहोस्

    साधरणतया पुरुष वा महिलाको शरीरका बिभिन्न भागमा सेता धर्सा देखिन्छ । यो सेता धर्साले हाम्रो सौन्दर्यमा नै असर पुर्याउँछ । अझ भन्नु पर्दा यस्तो धर्सा पुरुषमा भन्दा महिलामा बढी देखा पर्दछ ।यो सेतो धर्सा पेट, हिप, पिँडौला, स्तनआसपासको छालामा सेताे धर्सा बाक्लै हुन्छन् । छालामा आउने यस्ता सेता धर्साका कारण पुरुष भन्दा नि बढी महिला चिन्तित हुन्छन् । सेतो धर्साकै कारण युवतीहरू सौन्दर्य बिग्रेको सोच्छन् ।

    यो सेतो धर्सालाई ‘स्ट्रेच माक्र्स’को नामले परिचित छ । मेडिकल भाषामा यसलाई ‘स्ट्रिया’ भनिन्छ । यो सेतो धर्सा पुरुषको तुलनामा महिलामा बढी देखा पर्दछ । पुरुषको तुलनामा ३० प्रतिशत देखा पर्दछ भने महिलाको तुलनामा ७० प्रतिशत देखा पर्ने हुन्छ ।

    सेता धर्सा आउने कारण : महिलाहरुमा यस्तो पहिलोपटक महिनावारी हुँदा शरीरका विभिन्न भाग मोटाउने हुँदा यस्तो सेतो धर्सा बस्ने गर्छन् । स्तन, हिपलगायतका ठाउँमा यहीवेला सेतो धर्सा देखिइसकेको हुन्छ ।

    यस्तो सेतो धर्सा आउने बिभिन्न कारणहरु छन् केही रोगका कारण पनि यस्ता धर्सा आउँछन् भने कहिले काही छोटो समयमा शरीर अत्यधिक मोटाउनु र छोटो समयमै मोटोपन घट्नु यस्तो अवस्थामा पनि यो धर्सा देखिने हुन्छ । कतिपय व्यक्तिमा भने स्टेरोइड औषधिको अत्यधिक प्रयोगले पनि यस्तो सेतो धर्सा देखा पर्ने हुन्छ । यो पुरुषहरूमा बढी हुन्छ ।

    कतिपय महिलाहरुमा बच्चा जन्माउन भन्दा अगाडी नि यस्तो धर्सा देसिन्छ भने अभ बढी यस्ता धर्सा बच्चा जन्माइसकेका महिलाहरुमा देखा पर्दछ । बच्चा पेटमा हुँदा शरीर अत्यधिक मोटाउने र छाला तन्किने हुँदा बच्चा जन्मिसकेपछि तन्किएको छाला एक्कासि खुम्चिने भएको ले यस्तो सेतो धर्सा बस्ने हुन्छ ।

    उपचार :सेतो धर्सा बस्नु अघि कुनै पनि लक्षण देखा पर्दैन । यसले हाम्रो स्वास्थ्यमा कुनै असर गर्दैन् । यस्तो सेतो धर्सा आउन नदिन पूर्वज्ञान लिएर विशेष अवस्थामा सचेत हुने नै हो । यस्तो सेतो धर्साबाट बच्न हामीले व्यायाम र खानपिनमा ध्यान दिएर शरीर सन्तुलित बनाएमा यो समस्याबाट बच्न सकिन्छ ।

    आजभोली बजारमा यस्तो सेतो धर्सा मेटाउने बिभिन्न सौन्दर्य प्रोडक्टहरु पनि पाईन्छ त्यस्तो प्रोडक्टहरु हामीले प्रयोग गर्दा त्यो कस्तो खालको प्रोडक्ट हाे राम्ररी चेक गरेर मात्र प्रयोगमा ल्याउने । आजभोली लेजर गरेर पनि यस्तो धर्सा हटाईएको पाईन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *