कामदार भिसामा नेपाल आए ३ हजार ६६२ विदेशी

    कामदार भिसामा नेपाल आए ३ हजार ६६२ विदेशी

    एक वर्षको अवधिमा कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएका छन् ।

    अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा कामको खोजीमा औपचारिक माध्यमबाट नेपाल आएका हुन् ।

    विभागका अनुसार यो सूचीमा नेपालको छिमेकी मुलुक भारतबाट आएर काम गर्ने वा व्यापार–व्यवसाय गर्नेको तथ्यांक छैन ।

    नेपालमा अघिल्लो आवको तुलनामा गत आवमा विदेशी कामदारको आगमन समेत बढेको पाइएको छ । आव २०७८/७९ मा २ हजार ८९२ जना कामदार भिसामा नेपाल आएको आंकडा रहेको छ । त्यसअगाडीको आव २०७७/७८ मा ३ हजार ३३१ जना विदेशी नेपालमा कामदार भिसामा आएका थिए ।

    गत आर्थिक वर्ष २०७९/८० मा कीर्तिमानी संख्यामा नेपाली श्रमिक कामको खोजीमा विदेशिएका थिए । यस आवमा एक वर्षमा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगारीका लागि पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको एकीकृत आंकडा हो ।

    आर्थिक वर्ष २०७१/७२ मा ६ लाख ९३ हजार ३२ जना नेपाली वैदेशिक रोजगारीमा पुगेका थिए । सो रेकर्ड यस वर्ष तोडिएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *