चार राजमार्ग पाँच ठाउँमा अवरूद्ध, ३४ सडक एकतर्फी

    बाढी पहिराले तीन राजमार्ग पाँच ठाउँमा अवरूद्ध भएको छ।

    सडक विभागका अनुसार तमोर करिडोर अन्तगर्गत चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक सडक पाँचथरको हेवाखोलामा, तानसेन-रिडी-कोरला सडक म्याग्दीको बैसइमा, धनगढी-सहजपुर-वुडर-स्याउले-सतबाँझ-थाकतोली-दार्चुला-टिंकर सडक कैलालीको बुढीतोलामा, भालुवाङ- लिवाङ- रोल्पा- माडीचौर- दारबोट सडक प्युठाना र तानसेन-रिडी-कोराला सडक मुस्ताङमा अवरूद्ध छन्।

    त्यस्तै ३४ सडक एकतर्फी सञ्चालनमा छन्।

    डुम्रे–बेँसीसहर–चामे, कोसी राजमार्ग, सिद्धार्थ राजमार्ग, कणार्ली राजमार्ग, राप्ती राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, अरनिको राजमार्ग, तानसेन रिडी–कोरला सडकका विभिन्न खण्ड लगायतका सडकहरू एकतर्फी सञ्चालनमा छन्।

    अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको विभागले जनाएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *