हाथवे इन्भेष्टमेन्टको वैदेशिक रोजगारतर्फको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

    हाथवे इन्भेष्टमेन्ट नेपालको वैदेशिक रोजगारीतर्फ बिक्री खुल्ला गरिएको प्राथमिक सेयर (आईपीओ) को बिहीबार बाँडफाँड भएको छ । गोलाप्रथामार्फत बाँडफाँड भएको कम्पनीको आईपीओमा १४ हजार ६२५ जना आवेदकहरुले २० कित्ताका दरले सेयर हात पारेका छन् ।

    कम्पनीको आईपीओका लागि कूल २७ हजार २३६ जनाले आवेदन दिएका थिए । जसमध्ये ५ जनाको आवेदन रद्द भएको थियो । कम्पनीले साउन ४ गतेदेखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । कम्पनीको सेयर बिक्री तथा प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

    यसरी हेर्नुहोस् नतिजा :

    1.https://meroshare.cdsc.com.np/#/login

    2.https://iporesult.cdsc.com.np/

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *