थ्रीस्टार हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपीओ सूचीकृत भएको छ ।बिहिबार नेप्सेमा कम्पनीको ४९ लाख २५ हजार कित्ता आइपीओ सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण सेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानिय बासिन्दाहरु, सामूहिक

लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण भएको १२ लाख ३१ हजार २० कित्ता अर्थात २५ प्रतिशत र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ३६ लाख ९३ हजार ७५० कित्ता अर्थात ७५ प्रतिशत गरी ४९ लाख २५ हजार कित्ता आइपीओ सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज न्यूनतम ८५ रुपैयाँ ६५ पैसा देखि अधिकतम २५६ रुपैयाँ ९५ पैसा रहेको छ । अब कम्पनीको आइपीओ आइतबार अर्थात साउन २८ गतेदेखि दोस्रो बजारमा कारोबार आउनेछ । कम्पनीको सिम्बोल टिएसएचएल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *