पायल्स रोगीका लागि अचुक औषधि हो मूला ,कसरि प्रयोग गर्ने ?

धेरैले मुलालाई निकै सामान्य तरकारी वा सलादको रुपमा बुझेका हुन्छन् त्यसैले मुला खाने कुरामा खासै ध्यान दिँदैनन् । खासै महत्व नभएको वा बेतुकको मानिसलाई ‘मूला’ भनेर गाली गर्ने हाम्रो प्रचलनले पनि मूलाप्रतिको हेलत्व दर्शाउँछ । तर मूला हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने कुरा बुझियो भने सायद मूला हाम्रो अभिन्न अंग बन्नेछ । विज्ञहरुका अनुसार मूलाको सेवनले हाम्रो स्वास्थ्यमा पूराउने फाइदा यस्ता छन्-

पायल्सबाट बचावट: मुला पायल्सका लागि अचुक औषधि मानिन्छ । नियमित मुला खाएमा पायल्सको जोखिमसमेत कम गर्छ ।भने पाचन प्रक्रिया राम्रो गर्छ । शरीरमा हुने जलनलाई समेत कम गर्न सहयोग गर्छ । यसले शरीरमा पानीको आपूर्ति गर्नुका साथै मिर्गौलाजन्य रोगको जोखिम घटाउँछ । मुलामा ज्यादै कम मात्रामा मात्र क्यालोरी र फाइबर पाइने भएकाले तौल नियन्त्रण गर्न सहयोग पु-याउँछ ।

क्यान्सरबाट बचावट: क्यान्सर जस्ता असाध्य रोगसँग लड्नु असम्भव मानिन्छ । त्यसैले यस्ता रोगबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो । मूलाको नियमित सेवनले क्यान्सरको जोखिम घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन् । मूलामा भिटामिन सी हुने हुँदा यसले सरीरका लागि चाहिने एन्टी अक्सिडेन्टको पनि पर्याप्त आपूर्ति गर्दछ जसका कारण कोषका डिएनए नष्ट हुनबाट बचाउँछ । मूला तथा सागपातको सेवनले खासगरी पेट र आन्द्राको क्यान्सरको जोखिम कम गर्ने विशेषज्ञहरुले बताएका छन् ।

यो सँगै मूलाका अन्य फाइदाहरुमा:- यसले रक्तचाप सन्तुलित बनाउन मद्दत गर्छ । मूलामा पर्याप्त पोटासियम तत्व हुने भएकाले यसले सरीरमा सोडियम पोटासियम लवणको सन्तुलन कायम राख्न मद्दत गर्छ । रगतमा ग्लुकोजको मात्रा नियन्त्रित गरी मधुमेहको जोखिम पनि कम गर्छ । वजन नियन्त्रणका साथै मोटोपना घटाउन समेत सहयोग गर्छ । मूलामा निकै कम क्यालोरी र पर्याप्त फाइबर हुन्छ । १ सय ग्रामको मुलामा १६ क्यालोरी मात्र इनर्जी हुन्छ । त्यसैले मूला अघाउँजी खाँदा पनि बढि क्यालोरी भएर मोटोपना बढ्ने जोखिम हुँदैन ।

दमका रोगीका लागि समेत मूलाको सेवन हितकर हुन्छ । मूलाको सेवनले स्वासनलीमा हुने एलर्जीको समस्या समेत क मगर्ने बताइन्छ ।मूलाको नियमित सेवनले छालामा हुने विभिन्न खाले संक्रमणको जोखिम घटाउनुका साथै अनुहार र छालालाई स्वस्थ राख्न मद्दत गर्छ । मूलामा प्रसस्त फाइबर हुने भएकाले यसले पाचन प्रक्रियालाई नियमति गर्ने तथा कब्जियतको समस्या कम गर्छ ।

दाँतलाई स्वस्थ र चम्किलो बनाउन पनि मूलाको सेवन उपयोगी हुन्छ । मूलामा प्रसस्त मात्रामा पानी हुने भएकाले यसको सेवनले सरीरमा पानीको आपूर्ति पर्याप्त बनाएर मृगौलाजन्य रोगको जोखिम पनि घटाउँछ । गिजाबाट रगत आउने समस्या भएकाहरुका लागि मूलाको सेवन निकै फाइदाजनक हुन्छ । मूलाको रस सेवन गर्ने र मूलाकै रसले मुख कुल्ला गर्ने गर्नाले जिवाणुहरु नष्ट गर्न सहयोग गर्छ । जसले मुख गन्हाउने तथा गिजामा संक्रमण भै रगत बग्ने समस्या समेत कम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *