अर्घाखाँचीमा एकनाले भरुवा बन्दुक पड्किएर एक पुरुषको ज्यान गयो

    अर्घाखाँचीमा एकनाले भरुवा बन्दुक पड्किएर एक पुरुषको ज्यान गयो

    भावना मगर,साउन २६ अर्घाखाँची । अर्घाखाँचीमा भरुवा बन्दुक पड्किएर एक जना पुरुषको ज्यान गएको छ।
    जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. ७ पानडाँडाका ४५ वर्षिय पदम केसीको ज्यान गएको हो । उनी आफ्नै बारीमा बाँदर धपाउन जाने क्रममा आफैले बोकेको एकनाले भरुवा बन्दुक एक्कासि पड्किएर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सूचना अधिकारी कृष्ण प्रसाद घिमिरेले जानकारी दिए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *