टुसा उम्रिएको आलु खानु अघि बुझ्नुहोस्, विषालु बन्छ, बढ्न सक्छ ब्लड सुगर र फुड पोइजनिङको खतरा

टुसा उम्रिएको आलु खानु अघि बुझ्नुहोस्, विषालु बन्छ, बढ्न सक्छ ब्लड सुगर र फुड पोइजनिङको खतरा

आलु धेरै दिनसम्म राखे त्यसबाट टुसा उम्रिन थाल्छ । टुसा उम्रेको आलु खानेबारे धेरै चर्चा पनि हुने गर्छ । कतिपय मानिसहरु यसलाई खाँदा पाचन सम्बन्धी समस्या हुने विश्वास गर्छन् भने कोही महिलाहरुले आलुको टुसा हटाएर प्रयोग गर्ने गर्छन् । भारतकी डाइटिशियन स्वाती विष्णोईले टुसा उम्रिएको आलु खान हुन्छ कि हुँदैन भन्नेबारे जानकारी दिएकी छिन् ।

टुसा उम्रिएको आलु स्वास्थ्यका लागि राम्रो होइन । टुसा उम्रनु भनेको यो तरकारी एक रासायनिक प्रतिक्रियाबाट गुज्रिरहेको छ । यस्तो आलु खनुा स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । आलुको खाल्डा भएको ठाउँबाट टुसाहरु निस्कन सुरु हुन्छन् । टुसा उम्रिँदा आलुमा पाइने कार्बोहाइड्रेट स्टार्च सुगरमा परिवर्तन हुन थाल्छन् जसका कारण आलु निकै नरम हुन्छन् । यो प्रक्रिया सोलानिन र अलफा–केकोनिन नामका दुईै अल्कलाइडको सम्मिश्रणकाम कारण बन्ने गर्छ । सेलोनिनलाई विषाक्त मानिन्छ ।

हरियो रंगको आलु पनि खानु हुँदैन: हल्का हरियो रङको आलु पनि खानु हुँदैन । आलुको तरकारी बनाउनु अघि, हरियो भाग काटेर अलग गर्नुपर्छ । हरियो आलु खाँदा पनि फूड पोइजनिङ हुनसक्छ । आलु खन्ने बेलामा नै यसमा टुसा उम्रिएको छ भने टुसा हटाएर खान सकिन्छ । अध्ययनका अनुसार यतिबेला आलुको तरकारीमा धेरै पोषक तत्व हुन्छ । तर यदि आलु धेरै दिनसम्म राखिएके छ, त्यो चाउरी परेको छ भने त्यसलाई फ्याँक्नु नै राम्रो हुन्छ ।

आलुले ब्लड सुगर बढाउँछ: नेशनल क्यापिटल पोइजन सेन्टरको रिपोर्ट अनुसार टुसा उम्रेको आलु फ्याँक्दा नै राम्रो हुन्छ । धेरैजसो घरमा आलु एकैपटक किन्ने गरिन्छ । फलस्वरुप केही दिनपछि नै यसमा टुसा उम्रिन सुरु हुन्छ तर मानिसहरु यसलाई नजरअन्दाज गर्दै यो प्रयोग गर्ने गर्छन् । यो टुसा उम्रेको आलु स्वास्थ्यका लागि फाइदाजनक छ वा हानिकारक भनेर कहिल्यै सोच्नुभएको छ ? यसमा नेशनल क्यापिटल पोइजन सेन्टरले घरमा भएको आलु टुसा उम्रिएको छ भने यसलाई फ्याँक्नु नै राम्रो हुन्छ ।

यस्ता आलु स्वास्थ्यका लागि राम्रो हुँदैनन् । टुसा उम्रिएको आलु विषालु हुन्छन् । नेशनल क्यापिटल पोइजन सेन्टरको रिपोर्ट अनुसार आलुमा प्राकृतिक रुपमा केही विषालु तत्व जस्तै सोलेनिन र चाकोनाइन हुन्छ तर यो निकै कम मात्रामा पाइने गर्छन् । तर यसको बिरुवा पा पातमा यो अतयधिक मात्रामा हुन्छन् त्यसैले आलु टुसा उम्रिन सुरु हुने बित्तिकै यसमा दुबै विषालु तत्वको मात्रा बढ्न थाल्छ । त्यसैले यस्ता आलुलाई कुनै पनि रुपमा खाँदा शरीरमा ती तत्व प्रवेश गर्ने गर्छन् । रिपोर्टका अनुसार एक वा दुई पटक यस्ता आलु खाँदा शरीरलाई खासै हानी नभएपनि लगातार यस्तो आलु खाँदा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छन्, विशेषगरी पेटसँग सम्बन्धित ।

यस्ता लक्षण देखिन सक्छन्: रिपोर्टका अनुसार यदि आलुको विषाक्त तत्व शरीरमा अत्यधिक मात्रामा पुग्न थाल्यो भने धेरै प्रकारका लक्षणहरू देखा पर्छन् । जस्तै बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने । कतिपयमा यसका लक्षणहरू हल्का हुन्छन् भने कतिपयमा यी लक्षणहरूले गम्भीर रूप लिन सक्छन् । गम्भीर अवस्थामा, निम्न रक्तचाप, ज्वरो र टाउको दुखाइ जस्ता लक्षणहरू देखा पर्छन् । यसलाई समयमै रोकिएन भने मृत्यु पनि हुन सक्छ । त्यसैले सतर्क रहनुहोस् ।

आलु टुसा उम्रिनबाट कसरी रोक्ने ? यदि आलुमा हरियो रङ देखिएको छ वा पहिलादेखि नै टुसा उम्रिन थालेको छ भने त्यसलाई निकाल्नुहोस् । आलुलाई यस्तो ठाउँमा राख्नुहोस् जहाँ सूर्यको किरण पुग्दैन । धेरै चिसो ठाउँमा पनि नराख्नुहोस् । यसलाई सधैं प्याज जस्ता तरकारीहरूबाट अलग राख्नुहोस्, किनकि यसले ग्यास छोड्छ, जसका कारण आलुमा टुसा उम्रिन थाल्छ । यदि तपाईंले धेरै आलुहरू किन्नुभएको छ भने, त्यसलाई कटनको ब्यागमा राख्न सक्नुहुन्छ । ब्याग यस्तो हुनुपर्छ जसबाट हावा पास हुन सकोस् । टुसा उम्रेको आलुलाई बगैँचामा रोपेर अन्य आलु फलाउन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *