चोरी भएर अमेरिका पुगेका ३९ वटा बहुमूल्य सम्पदा फिर्ता

काठमाडौं । नेपालका बिभिन्न स्थानबाट चोरी गरी बेचिएका पुरातात्विक महत्वका १९औं तथा २०औं शताब्दिका ३९ थान काष्ठजन्य कला, चित्रहरु र मूर्तिहरु नेपाल फर्काइएको छ । यसको तौल १६११ केजी छ ।

यी सबै बहुमूल्य सामग्री हवाई राज्यस्थित भन्सार तथा सीमा सुरक्षा निकायले सन् २०१० मा बरामद गरेको थियो । यी सामानहरु नेपाल तथा तिब्बती सामानहरुको कारोबार गर्ने थोक ब्यापारीमार्फत हवाईमा पुगेका थिए ।

बहुमूल्य सम्पदाहरु ‘उत्पत्तिको मुलुक’ नेपाल फर्काउन नेपाल सरकारले सन् २०११ मा अमेरिकी सरकारलाई औपचारिक अनुरोध गरेको थियो ।सबै प्रकृया पूरा गरेर ११ मे २०२३ का दिन अमेरिकास्थित नेपाली राजदूतावासमा हस्तान्तरण कार्यक्रमको आयोजना गरी अमेरिकी सरकारको तर्फबाट नेपाल सरकारलाई दूतावास मार्फत हस्तान्तरण गरिएको थियो ।

तर सामानको तौलका कारण नेपाल पठाउन सहज नभएकोले अमेरिकाको सान डियगोका लागि अवैतनिक महाबाणिज्यदूत ऋषि पुन्नाखर ढकालको सकृयता र पहलमा कतार एयरवेजले निशुल्क ती सामानहरु नेपालसम्म ढुवानी गर्न सहमत भएपछि नेपाली दूतावास अमेरिकाको समन्वयमा ती सामानहरु नेपाल फर्काइएको हो ।

अवैतनिक महाबाणीज्यदूत ढकालले यसअघि आफ्नै पहलमा ८ औं शताब्दीका बुङमतिको मछिन्द्रबहालमा रहेको बुध्दको ढुङ्गाको मूर्ति र १०औं शताब्दट्ठको नृत्यदेबीको काठको मूर्ती नेपाल फर्काईएको थियो । यी सामाग्रीहरु शनिबार नेपाल आइपुग्ने अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *