भीम विश्वकर्मा, साउन ३० अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो ४ वर्षमा यौन दुर्व्यवहारका ४९ घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पछिल्लो ४ बर्षमा जबरजस्ती करणी, बाल यौन दुर्व्यवहार र जबरजस्ती करणी उधोग जस्ता घटना गरी ४९ वटा यौन दुरब्यबहारका मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालका अनुसार अर्घाखाँचीमा आर्थिक बर्ष २०७६र०७७ मा ५ महिला र १० बालीका गरी १५ वटा करणीका मुद्धा दर्ता भएका थिए भने बाल यौन दुर्व्यवहारका २ र जबरजस्ती करणी उधोगका २ घटना दर्ता भएका थिए ।
यस्तै आर्थिक बर्ष २०७७र०७८ मा ३ जना महिला र ६ जना बालिका सहित १० वटा जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । रिजालका अनुसार सोही बर्ष ३ वटा बाल यौन दुर्व्यवहारका मुद्धा दर्ता भएका छन् । आर्थिक बर्ष २०७८र०७९ मा ४ जना बालीका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । बाल यौन दुर्व्यवहारका ३ र जबरजस्ती करणी उधोगका १ घटना दर्ता भएको रिजालको भनाई छ ।
आर्थिक बर्ष २०७९र०८० मा ६ जना बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । जबरजस्ती करणी उधोगका २ घटना दर्ता भएका छन भने अप्राकृतिक मैथुनका १ घटना दर्ता भएका छन ।
यो तथ्याङ्कलाई हेर्दा जिल्लामा बलात्कारका घटना कम हुदै आएको देखिन्छ । घटना पश्चात मुद्धा दर्ता नगराउने, घटनालाई ढाकछोप गर्ने प्रबृतीले पनि बलात्कारका घटना तथ्याङकमा कम हुदै आएको हुन सक्ने सरोकारवालाले बताएका छन् ।