इन्धनको मूल्य बढेकाे २४ घण्टा नपुग्दै सार्वजनिक यातायातको भाडा बढ्यो

    इन्धनको मूल्य बढेकाे २४ घण्टा नपुग्दै सार्वजनिक यातायातको भाडा बढ्यो

    सरकारले सार्वजनिक यातायात भाडा बढाएकाे छ। इन्धनको मूल्यवृद्धि भएको २४ घण्टा नपुग्दै सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो ।

    मंगलबार मध्यरातिदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल र मट्टीतेलमा १४ रुपैयाँ बढाएको थियो ।

    इन्धनको मूल्य बढेसँगै बुधबार दिउँसो यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको हो । विभागले यात्रुवाहक र मालवाहक सवारीको भाडा पनि वृद्धि गरेको हो ।

    नयाँ भाडादर अनुसार यात्रुवाहक सवारी साधनको ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६.१५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको ६.८३ भाडा प्रतिशतले बढेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *