रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड ,यसरी हेर्नुहोस सबैभन्दा छिटो नतिजा !

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सिभिल क्यापिटलले साउन ३१ गते बुधबार साँझ शेयर बाँडफाँड गरेको हो ।क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ६४ हजार ३ सय ५३ जना आवेदकको आवेदन परेको थियो । जस मध्ये १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्र शेयर पाउनको लागि योग्य भएको छ । यस हिसाबमा आवेदन दिएका मध्ये ७ हजार ५ सय १७ जनाको आवेदन रद्द भएको छ ।

    माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख ५६ हजार ८ सय ३६ जना आवेदकलाई सहभागी गराएर गोलाप्रथा मार्फत शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ९ लाख ६० हजार जनाले शेयर १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । आईपीओकावा नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिन्छ ।

    जस अनुसार बिक्रि प्रबन्धक sibhil क्यापिटलको वेबसाइट https://www.civilcapitalmarket.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

    यसरि हेर्नुहोस सबैभन्दा छिटो नतिजा !

    वेबसाइट : meroshare.cdsc.com.np/#/login

    वेबसाइट : iporesult.cdsc.com.np/

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *