बेलबारीको लोहन्द्रा खोलामा जलाउँदै गरेको शव खोलाले बगाएपछि…..!

    बेलबारीमा शनिबार दिउँसो स्थानीय लोहन्द्रा खोलामा शव जलाउने क्रममा अचानक खोलामा आएको बाढीले शव बगाएको छ ।

    शनिबार दिउँसो बेलवारी नगरपालिका वडा न ३ का एक बृद्धाको मृत्यू भएपछि दाहसंस्कारका लागी लोहन्द्रा खोला लगेर चित्ता बनाई शवलाई दागबत्ति दिएर जलाउने क्रममा खोलामा आएको बाढीले शव बगाएपछि मलामीको समेत भागाभाग भएको थियो ।

    जल्दै गरेको शव खोलाले बगाएपछि स्थानीय भने जनप्रतिनिधि प्रति आक्रोश पोखिरहेका छन । एउटा शवगदाहस्थल समेत निर्माण गर्न नसक्दा यो नियति भोग्नुपरेको भन्दै उनीहरुले आलोचना गरिरहेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *