मालारानीको शान्ति माविका शिक्षक र कर्मचारीद्धारा मिर्गौला पिडित पुष्पालाई आर्थिक सहयोग

    मालारानीको शान्ति माविका शिक्षक र कर्मचारीद्धारा मिर्गौला पिडित पुष्पालाई आर्थिक सहयोग

    भावना मगर, भाद्र ०२अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीमा रहेको शान्ति माध्यमिक बिधालयले मिर्गौला प्रत्यारोपणको लागि आर्थिक सहयोग गरेको छ । पुर्व बिद्यार्थी, तथा अभिभावक, आरुखोर निवासी घनश्याम खनालकि छोरी पुष्पा खनाल कुवरको मिर्गौला प्रत्यारोपणको लागि बिधालयका शिक्षक कर्मचारीबाट संकलन गरिएको ३८ हजार ५ सय रुपैयाँ उनको आमा कमला खनाललाई हस्तान्तरण गरीएको विद्यालयका प्रधानाध्यापकमानबहादुर पाण्डेले जानकारी दिए ।
    यो रकमबाट थोरै भए पनि मिर्गौला पिडित पुष्पाको उपचारमा सहयोग पुग्ने प्रधानाध्यापकमानबहादुर पाण्डेले बताएका छन् । पुष्पाको आमा कमला खनालले छोरीको उपचारका लागि सहयोग गरेकोमा धन्यवाद व्यतm गरेकि छिन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *