मेस्सीको कप्तानीमा मियामीलाई इतिहासकै पहिलो उपाधि

स्टार स्ट्राइकर लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कप-२०२३ को उपाधि जितेको छ । आज बिहान सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा १०–९ पराजित गर्दै इन्टर मियामीले इतिहासकै पहिलो उपाधि जितेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको २३ औँ मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर नाशभिलका लागि ५७ औँ मिनेटमा फाफा पिकाल्टले बराबरी गोल फर्काए ।

टाइब्रेकरमा नाशभिलका रान्दाल लिएलले गरेको दोस्रो प्रहार गोलरक्षक ट्रेन्ट क्यालेन्डले बचाउँदै मियामीलाई च्याम्पियन बनाए । ११ औँ प्रहारमा दुवै टोलीका गोलरक्षकले पेनाल्टी प्रहार गर्दा मियामीका क्यालेन्डर गोल गर्न सफल भए । नाशभिलका गोल रक्षक पानिचोको प्रहार क्यालेन्डरले बचाए ।

इन्टर मियामीको यो क्लब इतिहासकै पहिलो उपाधि हो । मेस्सीको प्रवेशसँगै मियामी अन्तिम सात खेलमा अपराजित छ । मियामीको ऐतिहासिक उपाधिमा मेस्सीले प्रत्येक खेलमा गोल गरेका छन् । उनले मियामीका लागि सात खेलमा १० गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *